दोधाराचाँदनी हत्या प्रकरण ः घाईते भगवतीको अवस्था गम्भीर भएपछी लगियो भारत,दोधाराचाँदनी नगरपालिकाले गर्यो आर्थीक सहययोग

Published by:

Published on:

महेन्द्रनगर चैत्र ४ । दोधाराचाँदनी नगपालिकाले धारिलो हतियारबाट गम्भीर घाईते भगवती माझीको उपचारको लागि आर्थीक सहयोग गरेको छ ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ४ सुर्खेती टोल बस्ने उनका भाई हरि श्रेष्ठले मंगलबार साँझ धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएका थिए भने सौतेनी आमा ७५ वर्षीृय बिन्द्रा श्रेष्ठको हत्या गरेका थिए । गम्भीर घाईृते भगवती माझीको महाकाली अस्पतालमा उपचार भईरहेको थियो ।

उपचारमा आर्थीक समस्या देखिएपछी दोधाराचाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बुको पहलमा दोधाराचाँदनी नगरपालिकार रु ५० हजार आर्थीक सहयोग गरेको बताए । महाकाली अस्पतालमा उपचार सम्भव र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि माझीलाईृ थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार पुरानो जग्गा जमिन सम्बन्धी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार