कञ्चनपुरको एक गौसालामा भोकभोकै मर्दै पशुचौपाया,वडा कार्यालयलाई छैन कुनै चासो

Published by:

Published on:


महेन्द्रगर चैत्र १४ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १२ महाकाकाली नदि नजिकै ओदालीमा विगत दुर्ई वर्ष देखि स्थानीय सरकारले पशु–चौपाया ब्यावस्थापनका लागि गौसाला निर्माण गरेको छ ।

सरकारको लाखौँ रकम खर्च गरेर बनाएको त्यो गौशाला भने नामको मात्र गौसाला जस्तै छ । अचम्मको कुरा त के छ भने सरकारले गौसाला निर्माण गरेको छ ।त्यतीमात्र होईन चौपाया हेरालाको लागि एक जना गोठाला समेतलाई प्रत्येक महिना २० हजारको दरले तलब सुविधा समेत प्रदान गरेको छ।

गौसाला निर्माणका तथा चौपायाहरुलाई आहारको लागि स्थानीय सरकारले प्रत्येक वर्ष लाखौ बजेट समेत छुट्याएको छ।
गौसाला भित्र रहेको चौपाया व्स्थापनका लागि वडाले पाँच जनाको संचालन समिति समेत गठन गरेको छ । तर यत्रो तामझामका साथ संचालनमा रहेको गौसालाभित्र रहेका पशुचौपायाको अवस्था हेर्दै दर्दनाक रहेको छ ।

गौसाला भित्र रहेका पशुचौपाया कोही शरिरभरी घाँउ भएर किरा परेका छन् भने धेरैजसो चौपायाको शरिरमा भाटा र हड्डी बाहेक केहि देखिदैन ।नत चौपायालाई खाने आहार छ नत खाने पानि, छ त केवल गौसालाभित्र चौपाया मरेपछी पुर्न तयारी अवस्थाका ३०–३२ खाल्डा छन् ।

भीमदत्त १२ मा रहेको उक्त गौसालामा हाल ३० देखि ४० वटा चौपायाको सख्या रहेको छ। प्रत्येक पर्ष चौपाया व्यावस्थापनका नाममा स्थानीय सरकाले लाखौ बजेट खर्च गर्दै आईरहेको भएपनि व्यावस्थापन भने जिरो रहेको छ ।

भीमदत्त नगरपालिका १२ का वडा अध्यक्ष भुपेन्द्र राववले निर्वाचन आउनु पुर्व गाईको व्यावस्थापन राम्रै रहेको जिकिर गरे।उनले भने निर्वाचन आयो सबै निर्वाचनमा व्यस्त भए,”‘निर्वाचनको कारण देखाउदै सरकारले समयमै बजेट निकासा गरिदिएन,”‘पैसा नहुँदा आहारको जोहो गर्ने सकिएन सो कारणले चौपायाको अवस्था नाजुक भएकाृ हो‘अब राम्रोसंग व्यावस्थापन गछौँ,।

ताजा समाचार

सम्बन्धित समाचार