कञ्चनपुर प्रहरीको नयाँ एक्सन, गुन्डा गतिविधि चलाउनेमाथि कडा कारबाही,,अराजकता देखायो,कपाल च्वाट

Published by:

Published on:


महेन्द्रनगर चैत्र २७ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा बढ्दै गएको गुन्डागर्दी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ।

समुह बनाई समाजमा आतंक मच्चाउने, घरमा अभिभावकको भनेको अटेरी गर्ने,विद्यालयमा शिक्षकको भनेको नमान्ने लामो कपाल पालेर गुण्डाराज चलाउने,जस्ता विभिन्न गतिविधिमा संलग्न युवाहरुलाईृ जिल्ला प्रहरी कायर्यालय कञ्चनपुरले सामाजिक मर्यादामा रहनुपर्ने पाठ सिकाउदै नाईलाई जिप्रका भित्रै बोलाईृ कारवाहिका लागि प्रहरी समक्ष पुगेका युवाहरुको लामो कपाल च्वाट पारेको छ ।

पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा आतंक फैलाउँदै आएका समूह तथा व्यक्तिहरूमाथि निगरानी बढाउँदै प्रहरीले यस्ता किसिमका कारवाहिको प्रकृया प्रक्रिया तीव्र बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीका अनुसार “गुन्डा राज” चलाउने, धम्की दिने, जबरजस्ती रकम असुल गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी खोजी तथा नियन्त्रण अभियान सञ्चालन गरिएको हो। यस क्रममा केही संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षा कायम गर्न कुनै पनि प्रकारको आपराधिक गतिविधि सहन नसकिने स्पष्ट पारेको छ। सर्वसाधारणलाई पनि यस्ता गतिविधिबारे जानकारी भए तुरुन्त प्रहरीलाई सूचित गर्न अनुरोध गरिएको छ। प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै कञ्चनपुरलाई सुरक्षित र अपराधमुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार