कुन बार कस्तो रङ्गको कपडा लगाउने ः तपाइँको भाग्य बदल्न सक्छ

Published by:

Published on:

महेन्द्रनगर चैत्र ३० । प्रत्येक रंगको फरक महत्त्व हुन्छ । रंगहरूको पनि आफ्नै प्रभाव हुन्छ । तर के तपाईलाई थाहा छ, रंगले तपाइँको भाग्य बदल्न सक्छ।

रंगहरुले तपाईरहामीलाई सकरात्मक उर्जा दिन्छन्। भने केहि रंगले तपाईलाई नकारात्मक असर गर्न सक्छ ।
आज हामी तपाईंलाई ती रंगहरुकोबारे केहि भन्न जादैछौ, जसले तपाईंको भाग्य परिवर्तन गर्नेछ। यदि तपाईले बार अनुसार हप्ताको प्रत्येक दिन यी रंगका कपडा लगाउनुभयो भने, तपाईको भाग्यमा निश्चित रूपमा परिवर्तन आउनेछ।

आइतबार ः
आइतवार भगवान सूर्य को दिन हो। यदि तपाई यस दिन पहेंलो र रातो रंगको लुगा लगाउनुहुन्छ भने, तपाईले सकारात्मक उर्जा महसुस गर्नुहुनेछ। यस दिन तपाई उत्साहित हुनुका साथै स्फूर्ति महसुस गर्नु हुनेछ।

सोमबार ः
सोमबार चन्द्रमाको दिन हो । यो बार भगवान शिवको बार पनि हो । यस दिन सेतो रंगको कपडा लगाएमा शुभ मानिन्छ । यदि सम्भव छ भने, तपाई सोमबार सेतो लुगा लगाउनुहोस् । अनि मात्र तपाईले प्रसिद्धि र सफलता प्राप्त गर्न सक्नुहुनेछ।

मंगलबार ः
मंगलवार हनुमानको दिन हो। यस दिन, तपाईले रातो, सुन्तला, गाढा खैरो र चकलेटी रंगका लुगा लगाउनुपर्नेछ। यो दिनको गृह मंगल हो। यदि तपाई यस दिन यी रंगका लुगा लगाउनुहुन्छ भने तपाईको बोलिले अरूमा गहिरो प्रभाव पार्नेछ।

बुधबार ः
बुधबार गणेश भगवानको दिन हो। गणेश भगवानको सबैभन्दा प्रिय बस्तु भनेको घास हो। यस दिन हरियो रंग निकै नै महत्वपूर्ण मानिन्छ। यस दिन हरियो रंगको लुगा लगाएमा तपाईले विशेष फलहरु प्राप्त गर्नुका साथै रोजगार र व्यवसायमा अनुकूल वातावरण सिर्जना गर्नुहुनेछ।

बिहिबारः
बिहीबार साई र बृहस्पति को दिन हो। यी दुबै ईश्वरको प्रिय रंग पहेलो हो। बृहस्पतिलाई सम्मानको देवता पनि मानिन्छ। त्यसकारण, यस दिनमा पहेलो धारण गर्नु शुभ मानिन्छ। यदि तपाई बिहिबार पहेलो लगाउनु हुन्छ भने, पूरा दिन तपाईको लागि धेरै भाग्यशाली साबित हुने छ।

शुक्रबार ः
शुक्रवार लक्ष्मी माताको दिन मानिन्छ। यस दिन जहिले पनि सफा लुगाहरू लगाउनुहोस्। कालो रंग बाहेक अरु रंगको कपडा प्रयोग गर्नुहोस्। सफा कपडा लागाउदा लक्ष्मी माता प्रशन्न हुने गर्दछिन्।

शनिबारः
शनिबार शनिदेवको दिन हो। यस विशेष दिनमा शनि महाराजलाई तेलको बत्तीले पनि प्रज्वलित गरिन्छ। शनिदेवको लोकप्रिय रंग कालो, निलो, गाढा बैजनी तथा बैजनी हो। शनिबार यस रंगका कपडा लगाए शनिको प्रकोपबाट टाढा रहन मदत गर्दछ।

ताजा समाचार

सम्बन्धित समाचार