महेन्द्रनगर बैशाख १४ । भीमदत्त नगरपालिकाले भीमदत्त नगरपालिका ४ मा रहेको निकै पुरानो विद्यालय जानकी कन्या माविकोको रुप रेखा फेर्ने भएको छ ।
विगका वर्षदेखि छात्रामात्र अध्यनरत गर्ने यो विद्यालयमा नयाँ शैक्षिकसत्र २०८३ बाट महिला शिक्षक तथा कर्मचारी समेत महिला रहने गरि नमुना कन्या माविको रुपमा संचालन गर्ने लागेको भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरि दत्त जोशिले बताएका छन् ।
जोशिका अनुसार सुदुरपश्चिमको नमुना विद्यालयको रुपमा स्थापित यो विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले भीमदत्त नगरपालिकामा बसेको शिक्षा समिति तथा कार्यपालिका बैठकले निम्न खालका निर्णय गरेको बताए ।
भीमदत्त नगर शिक्षा समिति र कार्यपालिका द्धारा गरिएका निर्णयहरु
निर्णय १ः कन्या माविमा भर्ना हुने समपुर्ण छात्राहरुलाई प्रति छात्रा पोशाक बाफत प्रोत्समाहनको रुपमा एक हजार पाचँ सय रुपैयाँ प्रदान गर्ने।
निर्णय २ः कन्या माविमा अध्यन गर्ने छात्राहरुलाई दुरिको सम्भावेता अध्यन गरि वडाको सिफारिसमा विद्यालय मार्फत यातायातका लागि साइकल उपलब्ध गराउने
निर्णय ३ः कक्षा ५ भन्दा माथि अध्यनरत समपुर्ण छात्राहरुलाई दिवा खाजाको लागि प्रति महिना ५० हजार मासिक विद्यालयलाई दिने।
निर्णय ४ ः कन्या माविमा अध्यापन गराउने महिला शिक्षिकालाई प्रोत्साहना स्वरुप मासिक एक हजार पाचँ सय थप प्रोत्साहन भत्ता उपलब्ध गराउने
निर्णय ५ः विद्यालयको आवश्यकताको आधारमा विद्यालयले पेश गरेको प्रस्तावको आधारमा समस्या सम्बोधन गर्ने
