जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरामाथि सरकारी सम्पत्तिको दुरुपयोगको गम्भीर आरोप

Published by:

Published on:

महेन्द्रनगर बैशाख २२ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरामाथि सार्वजनिक पदको मर्यादा विपरीत कार्य गर्दै सरकारी सम्पत्तिको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

स्थानीय स्तरमा उठेका गुनासो र सार्वजनिक रूपमा आएका सूचना तथा सामाजिक संजालमा पोष्ट भएको भिडियोमा बोहराले सरकारी सवारीसाधनलाई व्यक्तिगत तथा पारिवारिक प्रयोजनमा व्यापक रूपमा प्रयोग गरेको प्रष्ट देखिएको छ।

प्राप्त सूचना तथा भिडियोमा बा २ झ २३११ नम्बरको सरकारी प्रयोजनका लागि उपलब्ध गराइएको सवारीसाधनलाई कार्यालय समय समाप्त पछी पारिवारिक कामका साथै निजी घुमघाम, पारिवारिक भ्रमण तथा व्यक्तिगत आवतजावतमा प्रयोग गरिएको आरोप छ । त्यतिमात्र होइन प्रमुख बोहराले विवाह तथा विभिन्न सामाजिक एवं निजी कार्यक्रमहरूमा समेत सोही सरकारी सवारीसाधन प्रयोग गरिएको विषयले थप विवाद उत्पन्न गराएको छ।

नेपालको प्रचलित कानून अनुसार सरकारी सम्पत्ति, साधन तथा सेवा सार्वजनिक हित र आधिकारिक प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिले व्यक्तिगत लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले सरकारी स्रोतसाधनको प्रयोग गरेमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी, दुरुपयोग तथा भ्रष्टाचार सम्बन्धी कानुनी कारबाही हुने व्यवस्था कानुनमा रहेको छ।

विशेष गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको आचारसंहिता अनुसार सरकारी सम्पत्ति व्यक्तिगत काममा प्रयोग गर्नु कानुन विपरीत मानिन्छ। यस्ता कार्य प्रमाणित भएमा सम्बन्धित व्यक्तिमाथि छानबिन, दण्ड, जरिवाना तथा अन्य कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।

यसैबीच, स्थानीय तहमा यस विषयले व्यापक चर्चा पाएको छ भने सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ। कतिपयले यो कार्यलाई सुशासन र पारदर्शितामाथि प्रत्यक्ष चुनौती भन्दै तत्काल छानबिनको माग गरेका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट हुने यस्ता कार्यले राज्यप्रति नागरिकको विश्वास कमजोर पार्ने भएकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने स्थानीयवासी तथा सरोकारवालाहरूको जोडदार माग रहेको छ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा एक यस्ता बिवादित ब्याक्ति हुन जो सरकारी सवारीसाधनको दुरुपयोग मात्र होईन उनी माथि कर्मचारीलाई समेत घरेलु काममा लगाउने,आफ्नै बुहारीलार्ई दम्भको आधारमा स्वकीय सचिवमा नियुक्त गरि कार्यालयमा कामकाज विनै सरकारी सेवा–सुविधा लिने गरेको जस्ता विभिन्न खाले आरोप लाग्दै आईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार