मेयर लिम्बुको पहलमा सडक दुर्घटानामा ज्यान गुमाएका मृतक चुनाराको घरपरिवारलाई नगद ३० हजार रकम सहयोग

Published by:

Published on:

महेन्द्रनगर बैशाख २४ । दोधारा चाँदनी नगरपालिकामा प्रमुख किशोर कुमार लिम्बुको पहलमा टिप्परको ठक्करबाट मृत्यु भएको १५ वर्षिय वालक दिवस चुनाराको परिवारजनलाई नगद रकम हस्तान्तरण गरिएको छ् ।

गएको १८ गते दोधारा चाँदनी नगरपालिका वडा नं। १ स्याली बजार नजिक टिप्परको ठक्करबाट मृत्यु भएका वालक दिवस चुनाराको परिवारजनलाई नगद ३० हजार रकम हस्तान्तरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको पहलमा दोधारा चाँदनीमा रहेको संस्थागत बिद्यालयको संगठन निजी बिद्यालय क्षेत्रिय समितिले पिडित परिवारजनलाई उनकैको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष अर्जुन सिंह कुँवरले बताउनु भएको छ् ।

रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष अर्जुन सिंह कुँवर, नेकपा एमालेका नेता सरोज चन्द तथा मृतक चुनाराका घरपरिवार लगाएतको उपस्थिती रहेका थिए । नगर प्रमुख किशोर कुमार लिम्बु निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका पुर्व अध्यक्ष समेत रहनुभएको हो ।

नगर प्रमुख लिम्बुले पिडित परिवार संग भेट गरि वालक दिवस चुनाराको मृत्यु भएकोमा आफु स्तब्ध भएको बताउदै आगामी दिनहरुमा समेत आफुले गर्न सक्ने सहयोगमा पछि नहट्ने बताउनुभएको छ् ।

आर्थिक अवस्था कमजोर रहेको मृतक चुनाराको घरपरिवारले पिडामा सहयोग गर्नुभएको भन्दै नगर प्रमुख र निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका सम्पुर्ण टोलीलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार