महेन्द्रनगर बैशाख २६ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदुरपश्चिममा निर्माणका ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिएका छन् ।
विगत कैयाँे बर्षदेखि सुदुरपश्चिमका विभिन्न जिल्ला बाजुरा,अछाम जयगढ,रामारोशन सडक खण्ड,लगाएका विकाश निर्माणको काम पाएका निर्माण कम्पनीहरुले सरकारले निर्माण कार्य सम्पन्न गर्नेको लागि प्रत्येक चालु आर्थिक बर्षका करोडौँ बजेट विनियोजन गर्दा समेत निर्माण कार्य सममा सम्पन्न नगरेपछी त्यस्ता निर्माण कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याई ठेक्का समेत रद्ध गर्ने अन्तिम चेतावनी दिएका हुन ।
मुख्य मन्त्री कमलशाहको भनाई अनुसार केहि महिना अगाडिमात्र विकासका काम अनुगमनको क्रममा आफु बाजुरा र अछाम पुगेको र त्याहाँ पुग्दा केहि निर्माण कम्पनीहरुले पुल,सडक जस्ता विकास निर्माणका ठेक्का अलपत्र पारेको उक्त निर्माण कम्पनीको लापरबाहीको कारण विकास निर्माणका कामहरु ठप्प परेपछी मुख्यमन्त्री कमल बहादुर शाहले त्यस्ता निर्माण कम्पनीहरुलाई तु– कारबाहीको दायरामा ल्याई ठेक्का रद्ध गर्ने प्रकृया अगाडी बढाई सकेको बताएका हुन ।
मुख्य मन्त्री शाहले भने,‘मैले केहि महिना अगाडी मात्र केहि ठुला निर्माण कम्पनीहरुका ठेकेदारहरुलाई कैलालीमै बैठक बोलाई समयमै काम सम्पन्न गर्ने अन्तिम चेतावनी दिएकाु थिए,‘तर, त्यो चेतावनी पछि पनि उँहाहरुले काममा ढिलासुस्ती गरेको देखियो,’मुख्य मन्त्री शाहले भने,‘अब काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीहरुलाई पुर्वाधार विकास कार्यालयले छाममले एक सूचना जारी गर्दै,‘अब तपाईहरुलाई कारबाही किन नगर्ने?भन्दै प्रश्न गर्दे अन्तिम पत्राचार गरेको छ,’‘निर्माण कम्पनीहरुबाट सो पत्रको चित्तबुझ्दो जबाफ नआए ठेक्का रद्ध गर्ने काम अगाडि बढ्यो तपाईहरु ढुक्क हुनुहोस् शाहको जबाफ छ।’
यस्तो छ जयगढ रामारोशन सडकखण्डको दुर्गति
सुदूरपश्चिम प्रदेशको प्रख्यात पर्यटकीयस्थल रामारोशन जोड्ने सडक निर्माणको कार्यमा ढिलाइ भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारदेखि रामारोशन गाउँपालिकाको पर्यटकीयस्थल रामारोशनसम्म पुग्ने सडक कालोपत्रेको कार्यमा चरम ढिलासुस्ती भएको छ । सडक निर्माणको काम सुरुवात भएको ७ वर्ष बित्दासमेत अधुरै छ । निर्माण कार्य ठप्प हुँदा स्थानीयवासी र आन्तरिक तथा बाह्य पर्यटकहरूले सास्ती भोग्नु परेको छ ।
पूर्वाधार विकास कार्यालय अछाममार्फत बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ–माझेठाना–गौता खोलासम्म १२ं.४३८ किलोमिटर, दर्ना–मुजाबगर ३८.८५० किलोमिटर र मुजाबगर–रामारोशन १७.६८८ किलोमिटर० गरी ६८.९७६ किलोमिटर सडक निर्माणको कार्य ३ खण्डमा विभाजन गरिएको छ । उक्त सडक निर्माणको जिम्मा ३ वटा निर्माण कम्पनीले पाएका छन् । जयगढ–माझेठाना–गौता खोलासम्मको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ असार १७ गते काम सम्पन्न गर्ने गरी ३० करोड २४ लाख २ हजार ४ सय ९१ मा २०७५ ÷ ७६ मा पूर्वाधार विकास कार्यालयसंग सम्झौता गरेको थियो ।
दर्ना–मुजाबगरसम्म सडक निर्माणको जिम्मा अनक जयदेवी जेभीले पाएको छ । अनकले २०७५÷७६ मा १३ करोड ७९ लाख २६ हजार ७ सय ३४ रकममा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।त्यसैगरी, मुजाबगर–रामारोशन २०७६÷७७ मा पीएस बानियाँ जेभीले ५७ करोड ४२ लाख ८३ हजार २ सय ३९ मा सम्झौता भएको थियो ।
हालसम्म बज्रगुरुले २३ करोड ६७ लाख ७२ हजार ५ सय ८१, अनक जयदेवी प्रालिले ६ करोड ७४ लाख ११ हजार ४ सय ३७ र पीएस बानियाँ २६ करोड ५१ लाख ३६ हजार ६८ रुपैयाँ भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय अछामका लेखा अधिकृत नयनबहादुर बुढाले जानकारी दिए । कार्यालयबाट २०७७÷०७८ र २०८१÷०८२ मा पीएस बानियाँ, २०७८÷०७९, २०८०÷०८१ र २०८१÷८२ मा अनक जयदेवी र बज्रगुरुको २०८०÷८१ मा कामै नभएपछि कुनै पनि भुक्तानी नभएको बुढाले बताए । उक्त आर्थिक वर्षमा कामै नभएपछि भुक्तानी पनि नभएको उनको भनाइ छ । अनक, बज्रगुरु र बानियाँको दुईरदुई पटकसम्म म्याद थप गरिएको कार्यालय इन्जिनियर दीपेन्द्र थापाले जानकारी दिए ।
बाढीले बगाएपछि अनकको आर्थिक वर्ष २०७८÷७९ देखि नै काम ठप्प रहेको थापाले बताए । उनले भने, ‘बानियाँले अहिले काम गरिरहेको छ, बज्रगुरुले भदौदेखि कालोपत्रेको काम सुरुवात गर्छ होला, पटकपटक ताकेता गरेका छौं, अनकको भिओ धेरैपटक मन्त्रिपरिषद्मा पेस गरेका छौँ, सुनुवाइ नभएको छैन । अनकले करिब ३५ प्रतिशत काम गरेको थियो । त्यो सबै २०७७ मा कैलाश खोलामा आएको बाढीले बगायो । त्यसपछि अनकको काम ठप्प छ ।’
सार्वजनिक खरिद चौधौं संशोधन नियमावली २०८२ को खरिद सम्झौताको अवधि थप सम्बन्धी विषेश व्यवस्था अनुसार कुनै कारणले तोकिएको म्यादभित्र खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न हुन नसकी अधुरो रहेका तर खरिद सम्झौताको म्याद सकिएका वा म्याद थप हुन नसकेका खरिद सम्झौताको हकमा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकले पेस गरेको कार्यतालिकाबमोजिम कुन काम के–कस्तो कारणले हुन नसकेको हो, सोको पुस्ट्याई र कार्य सम्पन्न गर्न लाग्ने अवधि खुलाई संशोधित कार्यतालिका तथा म्याद थपका कारण थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित ३० दिनभित्र सम्बन्धित निकायसमक्ष निवेदन पेस गर्न सक्ने व्यवस्था रहेको छ । निवेदन प्राप्त भएको मितिले ३० दिनभित्र म्याद थपको निर्णय गरिसक्नुपर्ने र यदि समयमा नै म्याद थपको निर्णय नगर्ने पदाधिकारी वा कर्मचारीलाई तालुक निकायले प्रचलित कानुनबमोजिम विभागीय कारबाही हुने समेत उल्लेख छ ।
२०७७ भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । बाढीले सैनिबजार पूरै बगाउँदा १७ जो मृत्यु भएको थियो भने सडक, पुल पुलेसा र जलविद्युत्जस्ता सबै भौतिक संरचना तहसनहसन बनाएको थियो । बाढीले रामारोशन क्षेत्रको विकास वर्षौं पछाडि धेकेलिदियो ।
सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक अछामको रामारोशनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भइरहेको छ । यहाँ सडकको पहुँच मात्र राम्रो हुने हो भने थुपै्र बाह्य पर्यटकहरूलाई भित्र्याउन सकिने रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी पूर्णबहादुर विकले बताए । उनले भने, ‘भौतिक पूर्वाधारहरू खडा गर्न सके मात्र रामारोशनले देशकै अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ, अहिले सडकको राम्रो पहुँच नहुँदा पनि पर्यटकहरूको आगमन भइरहेको छ ।
सडक राम्रो भए मात्र पनि यहाँ घुम्न आउनेको ओइरो लाग्छ ।’ ठेकेदारहरूको चरम लापरबाहीका कारण सडक निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको विकले बताए । सडक निर्माणमा ढिलाइ हुँदा रामारोशन क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो असर परेको छ । २०७४ मा अछाम–१ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित तत्कालीन नेकपा माओवादीका सांसद रहेका ९हाल, नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य झपट बोहरा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भएका बेला जयगढ रामारोशन सडक कालोपत्रेका लागि क्रमागत योजनाअन्तर्गत बजेट विनियोजन गरेका थिए ।


