सुप विश्वविद्यालयमा फेरीपनि दलिय भागबण्डा

Published by:

Published on:

कञ्चनपुर । सुशासनको लक्ष्य अघि सारेको रास्वपा सरकारलाई चुनौती दिर्दै सुदूरपश्चिम विश्वविद्यालयमा दलिय भागबण्डाका आधारमा विभिन्न चार संकायमा ‘संकाय प्रमुख’को जिम्मेबारी दिईएको छ ।

वर्तमान सरकारको लक्ष्य, उदेश्य विपरित सुप विश्वविद्यालयले चार संकाय प्रमुख (डीन)मा दलिय आधारमा जिम्मेबारी दिएपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको छ ।

सोमबार विश्वविद्यालयले चार संकायमा नयाँ डीन नियुक्त गरेपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको छ । सिनियरलाई जिम्मेबारी दिनुको साटो सुनियर त्यसमा पनि दलिय भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै चरम आलोचना, बिरोध भईरहेको छ ।

सरकारले विश्वविद्यालय सहितका शैक्षिक क्षेत्रलाई राजनैतिक नियुक्त मुक्त गराउने लक्ष्य अघि सारेर सुप विश्वविद्यालयका पदाधिकारी सहित पदमुक्त गरेर निमित्त उपकुलपतिमा यज्ञराज पाठक र निमित्त रजिष्ट्रारमा गोबिन्द विष्टलाई जिम्मेबारी दिएको थियो ।

यस अघि काँग्रेस कोटाबाटै सुप विश्वविद्यालय रजिष्ट्रारको जिम्मेबारीमा रहेका पाठकलाई निमित्त उपकुलपति र तत्तकालिन नेकपा माओवादी केन्द्र (हाल नेकपा) कोटाबाट नेपाल खुला विश्वविद्यालयको कुल सचिवको जिम्मेबारीमा गोबिन्द विष्टलाई रजिष्ट्रारको जिम्मेबारी दिईएको छ ।

राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) नेतृत्वको सरकारले देशका सबै विश्वविद्यालय राजनैतिक भागबण्डा नियुक्ति संस्कार हटाउँदै स्वच्छ बरिष्ठतमका आधारमा पदाधिकारी सहितको जिम्मेबारी दिने लक्ष्य विपरित सुप विश्वविद्यालयले तत्तकालिन सत्ताधारी नेपाली काँग्रेस र नेकपा एमाले निकट प्राध्यापकलाई डीनमा नियुक्त गरेपछि स्वयम काँग्रेस, एमालेदेखि नेपाल कम्युनिष्ट पाटी सहितका अन्य राजनैतिक दल निकट प्राध्यापक रुष्ट भएका छन ।

काँग्रेस निकट निमित्त उपकुलपति पाठकले आफु निकट र दलिय आधारमा दुई काँग्रेस, दुई एमाले निकट सिनियर होईन जुनियर प्राध्यापकलाई डीनमा नियुक्त गरेपछि त्यसको विश्वविद्यालयभित्र र बाहिर आलोचना भईरहेको छ । काँग्रेस निकट प्राध्यापकद्वय केशवराज भट्ट, सुरेश भण्डारीलाई व्यवस्थापन संकाय र मानविय तथा समाजशास्त्र संकायको डीनमा नियुक्त गरेका छन ।

भने, एमाले निकट प्राध्यापकद्वय डा. भवानी चन्द(ठकुरी)लाई विज्ञान तथा प्रविधी संकाय र लालसिह कार्कीलाई शिक्षाशास्त्र संकायको डीनमा नियुक्त गरेका हुन । स्वयम काँग्रेस, एमाले निकट प्राध्यापक नै रुष्ट रहेका बेला अन्य दल निकट रुष्ट हुने विषय स्वभाविक रहेको विश्वविद्यालयका स्वतन्त्र प्राध्यापकहरुको बुझाई छ ।

विश्वविद्यालय प्राध्यापक स्रोतका अनुसार मानविकीय संकाय तर्फ प्राध्यापक डा.चन्दन सिह बोहरा, व्यवस्थापन संकाय तर्फ भारती जोशी, विज्ञान तर्फ प्रेम बहादुर साउद, शिक्षातर्फ उद्धव भट्ट सहितका थुप्रै सिनियर प्राध्यापक हुँदाहुँदै निमित्त उपकुपतिले आफु निकट त्यसमा पनि तत्तकालिन सत्ताधारी निकट प्राध्यापकलाई डीनको जिम्मेबारी दिएपनि थप असन्तुष्टी चुलिएको छ ।

‘केन्द्रीय क्याम्पस सहितका अन्य आंगिक क्याम्पसहरुमा थुप्रै डीनयोग्य सिनियर प्राध्यापक थिए, ‘एक सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत प्राध्यापकले भने, ‘खै किन सिनियर साथीहरुलाई डीनको जिम्मेबारी दिए, यो विश्वविद्यालयमा जुन दलकै सरकार आएपनि उनै व्यक्ति प्रमुखदेखिका अन्य पदमा आशिनछन, तैपनि विश्वविद्यालय सुधारको रतिभर छाटकाँट छैन ।’

चार डीन नियुक्त भएपछि केन्द्रीय क्याम्पसमा कार्यरत प्राध्यापक कर्णदेव भट्टले सामाजिक सञ्जालमा स्टाटस राख्दै मापदण्ड के हो ? भन्दै प्रशन गरेका छन । ‘त्यसको जवाफ दिनु फर्ला नि सुशासनयुक्त सरकारले नियुक्त गरेकाहरुले कि सुशासनको नाममा कुशासनलाई आधिकारिकता दिन खोजेको हो ? नियमित काम भन्दा सेटिङ्गमा जोड भएको खुलेयाम टिप्पणी गरेका छन ।

भट्टले स्टाटसमै कमेन्ट गर्दै प्राध्यापक सिलनिधी चन्दले माथिल्ला पदमा मापदण्ड भए तलतिर पनि हुने हो, माथि भएन भन्दै आलोचना गरेका छन । अर्का प्राध्यापक भुपेन्द्र विष्टले यिनीहरुका कुरा कतिखेर गर्नु बिहानै भन्दै ब्याङग्यात्मक आलोचना गरेका छन । सुप विश्वविद्यालय निमित्त उपकुलपति यज्ञराज पाठकले सिनियर योग्यकै आधारमा डीन नियुक्त गरिएको बताए ।

उनले यस अघि डीन भएकाहरुलाई भन्दा पनि नयाँलाई जिम्मेबारी दिएको तर उनीहरु कुन दल निकट छन, आफुलाई थाहा नभएको दावि गर्दै दलिय आधारमा भागबण्डामा डीन नियुक्त गरेको विषय कदापी सत्य नभएको दावि गरेका छन । ‘अहिले डीनमा नियुक्त गरेकाहरु भन्दा सिनियरसाथीहरु जस्तै मानविकी तर्फ चन्दन सिह बोहरा र व्यवस्थापन संकाय तर्फ भारती जोशी ज्यूलाई डीनका लागि प्रंस्ताव राखेर उहाँहरुले स्वीकार गरेनन्, ‘उनले भने, ‘रजिष्ट्रार ज्यूसंगै सल्लाहर गरेर सबैभन्दा सिनियर र योग्य सक्षमलाई डीन नियुक्त गरेका हौँ, कुनै साथीको डीन हुने चाहना होला तर हामीले चाहना भन्दा विधी प्रकृया अवलम्बन गरेका छौँ ।’

डीन नियुक्तमा विवाद र आलोचना भईरहेको छ भन्ने प्रशनमा निमित्त उपकुलपति पाठकले विश्वविद्यालयभरी विवाद र आलोचना भएको बरु स्वागत नै गरेको दावि गरेका छन । पछिल्लो परिवेसमा समेत दलिय भागबण्डा निकटताका आधारमा नियुक्ति जिम्मेबारी दिए विश्वविद्यालय बोडिङ्गमा परिणत हुने समेत विश्लेषण गर्न थालिएका छन । सुप विश्वविद्यालयमा उपकुलपतिका लागि १९ प्राध्यापकहरुले आवेदन दिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार