बालविवाह न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी सचेतना र्‍याली

Published by:

Published on:

महेन्द्रनगर २०८३ जेठ २६ । प्लान ईन्टनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा पेसवान द्धारा सञ्चालित परियोजना अन्तर्गत बालविवाह अन्त्य गर्दै सुदृढ भविष्य निर्माण परियोजना अन्तर्गत भीमदत्त नगरपालिका वडा नं १ मा बालविवाह न्यूनीकरण तथा जलवायु परिवर्तनले बालविवाहलाई कसरी बढावा दिन्छ भन्ने विषयमा सचेतनामूलक र्‍याली सम्पन्न भएको छ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, स्थानीय समुदायका युवा तथा युवती, किशोरी समूहका सदस्य, सामाजिक अगुवा लगायत करिब १५० जनाको सहभागिता रहेको थियो । र्‍याली वडा नं। १ को कार्यालयबाट सुरु भई वडाका विभिन्न टोलहरूको परिक्रमा गर्दै बालविवाह अन्त्य, किशोरी अधिकार संरक्षण तथा जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाइएको थियो ।

र्‍यालीका सहभागीहरूले बालविवाह अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको तथा जलवायु परिवर्तनका कारण उत्पन्न आर्थिक तथा सामाजिक चुनौतीहरूले बालविवाहको जोखिम बढाउन सक्ने विषयमा सन्देश प्रवाह गरेका थिए।

विभिन्न टोलको परिक्रमा पश्चात् र्‍याली पुनः वडा कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा वक्ताहरूले बालविवाह अन्त्यका लागि समुदाय, स्थानीय सरकार, अभिभावक तथा सरोकारवाला निकायहरूको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमले बालविवाह न्यूनीकरण तथा जलवायु परिवर्तनका प्रभावबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रम कोणसभासहित सफलतापूर्वक सम्पन्न भएको

ताजा समाचार

सम्बन्धित समाचार