पथरिया नदीमा झोलुङ्गे पुल बनेपछि वेदकोट–२ का स्थानीय खुसी

Published by:

Published on:

महेन्द्रनगर । पथरिया नदीका कारण करिब पाँच किलोमिटर घुमेर बजार पुग्दै आएका वेदकोट नगरपालिका–२, बसन्थला, मगरटोलका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । नियमित पाँच किलोमिटर यात्रा गरेर दैजीबजार पुग्दै आएका मगरटोलवासीले पथरिया नदीमा झोलुङ्गे पुल निर्माण भएपछि निकै सहज भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

स्थानीय जानकी मगरका अनुसार बजार जाँदा करिब एक घण्टा हिँड्नु पथ्र्यो । यो पुल बनेपछि भने निकै सजिलो भएको छ । हिँड्ने दुरी घटेको छ ।

विकट बस्ती मगरटोलबाट एक किलोमिटरमा रहेको दैजीबजार पुग्न विगतमा करिब पाँच किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको वसुन्थलाका स्थानीय नवराज भट्ट ले बताए।
नगरपालिकाका सूचना अधिकारी केशव भट्टले उपभोक्ता समितिमार्फत पुल निर्माण गरिएको जानकारी दिनुभयो । वेदकोट नगरपालिका–२, मगरटोलदेखि वडा नम्बर ३ स्थित त्रिपुरा जोड्ने पुलको लम्बाइ ४८ मिटर छ ।

पुल उद्घाटन गर्दै नगरप्रमुख भोजराज बोहोराले विकट बस्ती मगरटोलवासीको बजार पहुँचमा देखिएको समस्या समाधान गर्ने प्रयास गरिएको बताए। नगरप्रमुख बोहोराले आगामी दिनमा यस क्षेत्रको सडक स्तरोन्नति गरिने प्रतिबद्धता पनि जनाएका छन्।

झोलुङ्गे पुल उपभोक्ता निर्माण समितिका अध्यक्ष जितेन्द्र देउवाले पुल बनेपछि यहाँका बासिन्दालाई बजार पुग्न तथा विद्यार्थीलाई विद्यालय जानआउन निकै सहज भएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार