पवनदूत अटोको राजगद्दी सेवा सुरु, बैण्डबाजा सहित गाडी बजार घुमाएपछि बसपार्कमा सेवा उद्घाटन

Published by:

Published on:

महेन्द्रनगर । पवनदूत यातायात एण्ड अटो मेनेजमेन्ट प्रालिले काठमाण्डौ रुटमा नयाँ सुविधा सम्पन्न नयाँ सवारी सञ्चालनमा ल्याएको छ । यस अघि काठमाडौ रुटमा समितिका सितारा गाडी सन्चालनमा थिए । अब सितारासङगै नयाँ गाडी राजगद्दी सफारीका बस सञ्चालन गरिएका हुन् ।

नया राजगद्दी बस महेन्द्रनगर र काठमाडौ बस पार्कबाट हरेक दिन दैनिक ४ बजे गन्तव्य प्रस्थान गर्ने छन् । राजगद्दी एसी महेन्द्रनगर कठमाण्डै नयाँ सेवा हो । सितारासंगै समितिले राजगद्दी सेवा सुरु भएको हो ।

पवनदूत यातायात एण्ड अटो मेनेजमेन्ट प्रालिका अध्यक्ष निराजन थापाले सार्वजनिक यातायातमा यो सबैभन्दा नयाँ सेवा भएको बताए ।

‘पछिल्लो समय यो सबैभब्दा आधुनिक, उच्च स्तरीय सुपर डिलक्स सेवा हो,‘ आइतबार राजगद्दी गाडी सञ्चालन उद्घाटन कार्यक्रममा उनले भने, ‘समय अनुसार सेवा परिस्कृत गर्दै जाने योजना अनुसार नया गाडीबाट सेवा दिन लागिएको हो ।’

महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिले यस अघि नै यस्ता गाडी संचालनमा ल्याएको थियो । पवनदूतले अहिले यात्रुको आरामदायी यात्राका लागि गाडी संचालनमा ल्याएको हो ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष डम्वर दत्त पन्तले बसको ढोकामा रिबन काटेर सेवा उद्घाटन गरे ।

आइतबार महेन्द्रनगर काठमाण्डौ हिँड्ने १५८७ नम्बरको पहिलो बस जान लागेको छ । यही बसको ढोकामा रिबन काटिएको हो ।

यो बस व्यवसायी अमर चौधरीको हो । चौधरी सहित शङ्कर चन्द, शेर सिंह कुवर, जितेन्द्र सिंह लगायतले राजगद्दी गाडी किनेका हुन् ।

बस धनी चौधरीले यात्रुको सुबिधाका लागि नयाँ गाडी ल्याएर सञ्चालन गर्न लागिएको बताए ।

चौधरीले यात्रुलाई आरामदायी यात्रा गराइने र बिस्कुट पानी नमकिन दिइने बताए ।

उद्घाटन कार्यक्रममा चौधरी सहित वस धनी चालक तथा सह चालकलाई टिका र खादा लगाएर सम्मान गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष पन्तले पवनदूतले यस क्षेत्रका वासिन्दालाई दिएको सेवा र समय सापेक्ष नयाँ सेवा सञ्चालनमा ल्याएकोमा बधाई दिए ।

उनले यातायात व्यवसाय क्षेत्र बिषम परिस्थितिमा पुगेको र अस्वस्थ प्रतिस्पर्धा र मजदूरको आर्थिक कारणले तहसनहस बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । ‘यातायात बिषम परिस्थितिमा छ, त्यो कुरा भनि राख्नु पर्ने छैन’ उनले भने ।

उपाध्यक्ष पन्तले सबै यातायात संस्था भीमदत्त नगरपालिकाको वस पार्कबाट आफ्नो सेवा विस्तार गर्दै आएको मन्तव्यमा उल्लेख गरे ।
तहसनहस अवस्थामा पुग्न लागेको यातायात क्षेत्र सुुधारका लागि आफूले जस्तोसुकै त्याग गर्ने उपाध्यक्ष पन्तले प्रतिवद्धता व्यक्त गरे ।

यातायात क्षेत्रको लडाई राज्यसित हुनु पर्नेमा जोड दिँदै उनले व्यवसायी र मजदुर एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै उनले सबै संस्थालाई एकै स्थानमा आउनु पर्नेमा जोड दिए ।

उपाध्यक्ष पन्तले अस्वस्थ प्रतिस्पर्धा र बिचौलियाका कारण करोडौ लगानी गरी व्यवसाय गर्ने व्यवसायी समस्या परी तहसनहस हुने अवस्थामा आएको भन्दै आफू पदीय हैसियताले आफूसित भएको बुद्धि विवेकले अघि बढ्ने पन्तले उल्लेख गरे ।

कार्यक्रममा उनले व्यक्ति रहे सेवा र संस्था रहे व्यवसाय गर्न पाउने अवस्था रहेको र यस्तो नभए व्यवसाय भयावह अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे ।

‘मैले धेरै कुरा भनि राख्नु पर्ने अवस्था छैन, यातायात र व्यवसायी दुबै विषम परिस्थितिमा छौ, त्यसैले यो भरपर्दो र आरामदायी सेवाका लागि फेरि शुभकामर्ना दिन चाहन्छु’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक बालेन्द्र नाथले जनशक्ति व्यवसथापन र गति नियन्त्रणमा ध्यान दिएर सेवा सञ्चालन गर्न पर्ने आवश्यकता औल्याए ।

उनले गति नियन्त्रण नभएर धेरै सवारी दुर्घटना भएको उल्लेख गर्दै नयाँ सेवा सञ्चालन गरेका सवारीले यसमा गम्भीर हुन सुझाव दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कञ्चनपुरका अध्यक्ष निरञ्जन मल्ल, शुक्लाफाँटा यातायात प्रालिका अध्यक्ष सुरेश खड्का, पवनदूत सार्वजनिक यातायात सार्वजनिक प्रालिका अध्यक्ष महेश बोहरा लगायत सहभागी भए ।

सरकारले यातायात समिति विघटन गरेपछि तत्कालिन पवनदूत यातायात समितिका व्यवसायीले म्यानेटमेन्ट र सार्वजनिक प्रालि सञ्चालन गरेका हुन् ।

पवनदूत अटोले सात वर्षदेखि काठमाडौं रुटमा सेवा सञ्चालन गर्दै आएको छ । ९ वर्ष अघि प्रालि खोलिएको थियो ।
पवनद्रत अटोसित ६८ गाडी छन् । नयाँ पाँच थपिएपछि ७३ गाडी पुगेका छन् ।

राजधानी काठमाडौ सहित दिल्ली, गोकुलेश्वर, मेलौली, बाजुरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र जिल्लाभित्र सबै रुटमा गाडी सञ्चानल छन् ।

समितिका सदस्य कर्म बहादुर सिहले बझाङ्ग रुटमा गाडी सञ्चालन गर्ने तयारी गरिएको बताए ।

नयाँ सञ्चालन गरिएको गाडीमा आरामदायी सीट सहित ८ जनाले सुत्न मिल्ने स्लिपर, टीभी, वाइफाइ, एसी लगायतका सेवा भएको प्रालिका कार्यालय प्रमुख बिरेन्द्र बहादुर शाहले बताए ।

प्रालिका शेयर सदस्य शंकर चन्दले आधुनिक १० गेट ओपन डिजाइन, सुरक्षित र भरपर्दो सेवा, आरामदायी लक्जरी सिट, स्वच्छ वातावरण र आत्मीय आतिथ्य सहित सबै यात्रुलाई शाही अनुभवमा रूपान्तरण गर्ने लक्ष्य सहित राजगद्दी गाडी सञ्चालन गर्न लागिएको बताए ।

प्रालिमा हाल निराजन थापा अध्यक्ष छन् । ८ महिना अघि अध्यक्ष भएका थापाले तत्कालिन पवनदूत यातायात समितिको समेत नेतृत्व गरेका थिए ।

४१ सीटका गाडी उद्घाटन अघि बैण्डबाजा सहित बजार परिक्रमा गराइएको छ । त्यसपछि बसपार्कमा राखेर उद्घाटन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार