सुदूरपश्चिम विश्वविद्यालयका ८३ विद्यार्थी इन्टर्नसिपबाट लाभान्वित

Published by:

Published on:

महेन्द्रनगर साउन १५ । सुदूरपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच भएको द्विपक्षीय समझदारी अनुसार सञ्चालन गरिएको स्वयंसेवा तथा इन्टर्नसिप कार्यक्रमअन्तर्गत विश्वविद्यालयका विभिन्न सङ्कायका ८३ जना विद्यार्थी लाभान्वित भएका छन्।

कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीलाई सम्बन्धित निकायबाट प्रमाणित हाजिरीका आधारमा पारिश्रमिक खाजा खर्च उनीहरूको बैंक खातामै भुक्तानी गरिएको विश्वविद्यालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिनेश प्रसाद भट्टका अनुसार विद्यार्थीहरूले विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यअनुभव प्राप्त गर्दै अध्ययनबाट हासिल गरेको विषयगत ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र यो ब्यबस्था सुप विश्वविद्यालय मा मात्रै कार्यान्वयन मा रहेको बताए ।


आर्थिक वर्ष २०८२ र८३ मा सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यान्वयनका लागि सुदूरपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच २०८३ वैशाख १३ गते समझदारीपत्र मा हस्ताक्षर भएको थियो। त्यसपछि विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई प्रदेशका सरकारी तथा गैरसरकारी संस्थामा स्वयंसेवा तथा इन्टर्नसिपका लागि खटाइएको थियो।

इन्टर्नसिप अवधिमा विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट व्यावहारिक अनुभव, कार्यसंस्कृति, सार्वजनिक सेवा प्रवाह, नेतृत्व विकास तथा पेशागत दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गरेको विश्वविद्यालयका जनाएको छ। विश्वविद्यालयका अनुसार यस कार्यक्रमले अध्ययनलाई व्यवहारसँग जोड्दै विद्यार्थीको रोजगारीयोग्य क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

विश्वविद्यालयका अनुसार सम्बन्धित निकायबाट प्रमाणित हाजिरी विवरण र प्रगति प्रतिवेदनका आधारमा असार १५ गतेसम्मको पारिश्रमिक सामाजिक विकास मन्त्रालयबाट उपलब्ध गराइएको बजेटअनुसार विद्यार्थीहरूको बैंक खातामा भुक्तानी गरिएको हो। यस अवधिमा एक विद्यार्थीले अधिकतम रु। ३१ हजार २ र न्यूनतम रु। ९ हजार १८ पारिश्रमिक प्राप्त गरेका छन्।

विश्वविद्यालयले विद्यार्थीलाई कक्षाकोठामा सीमित नराखी व्यावहारिक ज्ञान, सीप र कार्यअनुभव प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ। विश्वविद्यालयका पदाधिकारीका अनुसार प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम उच्च शिक्षालाई श्रम, सेवा र व्यावसायिक दक्षतासँग जोड्ने प्रभावकारी अभ्यासका रूपमा स्थापित हुँदै गएको बताए ।

यसअघि कार्यक्रमका केही सहभागी विद्यार्थीहरूले सम्झौताअनुसारको भुक्तानी नभएको र पारिश्रमिक वितरणमा असमानता रहेको भन्दै प्रश्न उठाएका थिए। त्यसबारे विश्वविद्यालयले भने सम्बन्धित निकायबाट प्रमाणित हाजिरी विवरण तथा उपलब्ध बजेटअनुसार नै प्रत्येक विद्यार्थीको बैंक खातामा भुक्तानी गरिएको र यस प्रकारका आरोपमा कुनै पनि सत्यता नरेहेको सुदुरपस्चिम विश्वविद्यालय का सुचना अधिकारी नवीन बमले बताएका छ्न ।

ताजा समाचार

सम्बन्धित समाचार