गोप्य सूचनाका आधारमा मध्यराति प्रहरीको छापा, भन्सार छलिका कपडा बरामद, होटल सञ्चालकसहित चार जना नियन्त्रणमा

Published by:

Published on:


महेन्द्रनगर साउन १७ । कञ्चनपुर प्रहरीले गोप्य सूचनाका आधारमा भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याइएका कपडा बरामद गर्दै होटल सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी सहायक निरिक्षक विष्णु भट्टका अनुसार शनिबार राति करिब २ बजे कृष्णपुर नगरपालिका–५, गुलरियास्थित एक गोदाममा खानतलासी गर्दा १ लाख ५८ हजार रुपैयाँ बराबरका साडी र सुटका पिस बरामद गरिएको हो।

प्रहरीका अनुसार बरामद सामान निम्तो होटल तथा गोलु मोलु फेन्सी स्टोरसँग सम्बन्धित गोदाममा राखिएको अवस्थामा फेला परेको थियो। उक्त घटनामा होटल सञ्चालक पदम भण्डारीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी सहायक निरीक्षक विष्णु भट्टका अनुसार गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा भन्सार छलि गरी ल्याइएका सामान फेला परेका हुन्। बरामद सामान, नियन्त्रणमा लिइएका व्यक्ति तथा मोटरसाइकललाई आवश्यक कानुनी कारवाहिका लागि कञ्चनपुर भन्सार कार्यालयमा गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ।प्रहरीले भन्सार छलि तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार