भारतीय अभिनेता प्रदीप सिंह रावतको ब्लड क्यान्सरका कारण निधन

Published by:

Published on:


काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीप सिंह रावतको निधन भएको छ। ७४ वर्षीय रावतको ब्लड क्यान्सरको उपचारका क्रममा मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो। भारतमा रहेकी अभिनेत्री विपना थापाले रावतको निधन भएको जानकारी दिएकी हुन्

तेलुगु, हिन्दी र तमिल चलचित्रमा अभिनय गरेका रावतले नेपाली चलचित्र ‘आबाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा पनि अभिनय गरेका थिए। उनले चर्चित टेलिभिजन धारावाहिक ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए। साथै ‘सरफरोश’, ‘लगान’ र ‘गजनी’ लगायतका चलचित्रमा उनले खलनायकको सशक्त भूमिका निभाएका थिए।
रावतले नेपाली चलचित्र ‘आबाट आमा’ र ‘आबाट आमा–२’ मा अभिनेत्री विपना थापासँग सहकार्य गरेका थिए। नको निधनपछि अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छन्। भारतीय चलचित्र क्षेत्रका कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार