३७ दिन मात्रै ३७ बर्ष जेल बसे पनि अडान छाड्दिनः पत्रकार खेम भन्डारी

Published by:

Published on:

महेन्द्रनगर साउन २३ । कारागार मुक्त भएपछि पत्रकार खेम भण्डारीले निर्मला पन्त प्रकरणमा निर्दोष फस्न नदिन र दोषीलाई उम्किन नदिन आफ्नो अडान सधै रहने बताएका छ्न ।

नेपाल पत्रकार महासङघ कंचनपुरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू ३७ दिन मात्रै नभएर ३७ बर्ष जेल बसे पनि आफ्नो अडान नछाड्ने बताए ।

निर्मला पन्त प्रकरणलाई गिजोल्न दिलिप बिष्टलाई फसाउन खोजिएको पत्रकार भण्डारीले बताए ।

उनले निर्मला पन्त प्रकरण दिलिप बिष्टलाई फसाउन गिजोलिएको दाबी गरे । पत्रकार भण्डारी आफैले पत्रकार सम्मेलन गरेक हुन । पत्रकार सम्मेलनमा उनी झण्डै एक घण्टा बोलेका थिए ।

२०७५ भदौ साउन १० गते घरबाट निस्केपछि हराएकी भीमदत्त नगरपालिका २ की १३ बर्षिया पन्त अर्को दिन भीमदत्त १८ स्थित उखुबारीबामा मृत भेटिएकी थिइन ।

निर्मलाको शव भेटिएपछि आन्दोलन सुरु भएको थियो । आन्दोलन चर्किएपछि भदौ ८ गते प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप सिंह बिष्टलाई पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

मानसिक सन्तुलन गुमाएको बिष्टलाई पकाउ गरी निर्दोषलाई फसाउन र दोषीलाई जोगाउन खोजिएको भन्दै आन्दोलन झन चर्किएको थियो । पत्रकार सम्मेलनमा भण्डारीले बिष्टलाई पक्राउ गर्दा उनको खल्ती च्यातेर ल्याउने र बिष्टको फेक भिडियो बनाउने कार्य छानविन हुनु पर्ने माग गरे ।

बिष्टसित नाता सम्बन्ध पर्ने भएकाले भण्डारीले जोगाउन खोजेकोमा प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै उनले नातामा साला भए आफू न्याय अन्यायका लागि बोलेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा उनले भीमदत्त नगरपालिका ११ भुजेलाका नयन सिंह कार्की मृत्यु प्रकरण उल्लेख गरे । सार्की मृत्यु प्रकरणमा प्रहरीले पीडक जोगाउन सडक दुर्घटना बनाएको भन्दै उनका परिवारले गुनासो गरेका थिए ।

पत्रकार सम्मेलनमा भण्डारीले सार्की प्रकरणमा जसरी निर्मला प्रकरणमा बिष्ट्लाई फसाउने सक्ने देखिएपछि आफूले सामाजिक संजालमा बिष्ट आफ्नो साला पर्ने र आफू सङ्गै भएको स्टाटश लेखेको बताए ।

प्रहरीले पक्राउ गरी बिष्टलाई काठमाडौ लगिएको थियो । डीएनए जाच पछि बिष्ट छुटेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार