कञ्चनपुरमा कागती तस्करी ः एक्सनमा प्रशासन

Published by:

Published on:

महेन्द्रनगर । भारतबाट कञ्चनपुरमा गैर कानुनी रुपमा कागती चोरीतस्करी भईरहेको छ । जिल्लामा गड्डाचौकी सहितका विभिन्न नाकाहरुबाट निर्वाध रुपमा कागती तस्करी भईरहेको हो । भारतबाट भन्सार चोरीछलीदेखि विना क्वारेन्टाईन मानव स्वास्थ्यका लागि हानिकारक कागती तस्करी भईरहेको भेटिएको छ । केही समय अघि नेपाली कागती सहितका किसानले भारतबाट जिल्लाभरी छ्यापछ्याप्ती कागती तस्करी भईरहेको गुनासो गरेपछि स्थानीय प्रशासन एक्सनमा उत्रिएको हो । मंगलबार कार्यालय समय अवागै जिल्ला प्रशासन कार्यालय सहितका सरोकारवाला निकायले महेन्द्रनगर सब्जीमण्डी सहितका आसपासका तरकारी पसलमा कागती लक्षित अनुगमन गरेको छ ।

प्रशासकीय अधिकृत धर्मराज उपाध्याय, खाद्य निरीक्षक नारायण सिह रावत सहितका अधिकारीले केही तरकारी पसलमा स्थलगत अनुगमन गरेर गैर कानुनी तस्करीको कागती बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले पाँच तरकारी पसलमा अनुगमन गरेपनि चार पसलमा गैर कानुनी कागती भेटिएको बताए ।

उनका अनुसार पुर्णगिरी, शिशिर तरकारी, खनाल तरकारी र लक्ष्मी तरकारी पसलबाट झण्डै ३२किलो अवैध कागती बरामद गरेको छ । भने, अन्तिममा गरिएको श्री कृष्ण मुरारी फ्रुट सेन्टरमा भने कुनै अवैध कागती नभेटिएको छ । अनुगमन टोलीले जफत गरेको कागजी भन्सार चलान गरिने जनाएको छ । खाद्य निरीक्षक नारायण सिह रावतले भन्सार छलेरै भित्र्राएका कागतीको क्वारेन्टाईन गर्ने कुरै नभएको बताए । ‘जब व्यवसायीले भन्सार राजस्व तिरेपछि मात्रै क्वारेन्टाईन गरिन्छ, ‘उनले भने, ‘यहाँ त भन्सार बिनै भित्र्राएका कागतीको क्वारेन्टाईसम्मै पुग्न पाएनन ।’ जिल्लाभरीका पाँच पसलमा कागतीको मात्रै अनुगमन गर्दा चार पसलमा अवैध कागती भेटिए भने, कञ्चनपुरमा हजारौँ तरकारी पसल रहेको उक्त पसलहरुमा पनि गैर कानुनी कागती बाहेक अन्य समान भएकाले चोरी तस्करीले स्वदेशी फलफुल तथा तरकारीका किसान मारमा पर्दै आएका छन ।

भारतबाट सेटिङ्ग वा चोरी तस्करी गरेर ल्याएका कागती सहितका खाद्य बस्तुका कारण एकातिर स्वार्थ अर्कातिर राजस्व छलीका घटना भईरहेका छन । स्थानीयले भन्सारदेखि सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरीले बिना व्यक्तिगत बिना स्वार्थ कामकाजमा जोडदिएका

छन ।

ताजा समाचार

सम्बन्धित समाचार