सुदुरपश्चिम प्रदेशमा भदौ १ गते सार्बजनिक बिदा,सुदूरपश्चिममा ओल्केमा के–के गरिन्छ?

Published by:

Published on:

सुदुरपश्चिम प्रदेशमा भदौ १ गते सार्बजनिक बिदा,सुदूरपश्चिममा ओल्केमा के–के गरिन्छ?
सुदुरपचिम प्रदेश सरकारले भदौ १ गते सार्बजनिक बिदा दिने भएको छ । सुदुरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद् को मिति २०८२÷१२÷१० को निर्णय अनसुार सदुुरपश्मिेलिहरुको महत्वपुर्ण मौलिक पर्व ओल्के पर्वको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्बजनिक बिदा दिने भएको हो।

सुदूरपश्चिममा ओल्केमा के–के गरिन्छ?
ओल्को दिने चलनस् आफूभन्दा ठूला, मान्यजन तथा आफन्तलाई फलफूल, मिठाई, दही, दूध, घिउलगायतका कोसेली उपहार दिने गरिन्छ।
घर–आँगन सफा गर्नेस् पर्वअघि घर–आँगन सफा गरेर विशेष तयारी गरिन्छ।
सागपात र परिकार खाने,स्थानीय रूपमा पाइने विभिन्न सागपात तथा परम्परागत परिकार बनाएर खाने चलन छ।
आफन्तसँग भेटघाटस् टाढा रहेका आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदानप्रदान गरिन्छ।
सामूहिक संस्कृतिस् गाउँघरमा भेला भएर स्थानीय गीत, नाच र सांस्कृतिक गतिविधि गर्ने परम्परा पनि पाइन्छ।
विशेषगरी जेठा–कान्छा सम्बन्धस् आफूभन्दा ठूलालाई सम्मान गर्दै ओल्को दिने र आशीर्वाद लिने चलन यसको महत्वपूर्ण पक्ष हो।
कसरी सुरु भयो ?
यो पुस्तौँदेखि चलिआएको स्थानीय लोकपरम्परा हो।
ओल्के शब्दलाई सामान्यतः उपहार, कोसेली वा सम्मानस्वरूप दिइने वस्तुसँग जोडेर बुझिन्छ। त्यसैले खेतीपाती र वर्षायामसँग सम्बन्धित समयपछि आफन्त तथा मान्यजनलाई कोसेली दिने, भेटघाट गर्ने र आपसी सम्बन्ध बलियो बनाउने परम्पराबाट ओल्के पर्व विकसित भएको मानिन्छ।
सुदूरपश्चिममा ओल्केपछि गौरा पर्वको माहोल सुरु हुने भएकाले यी दुई पर्वलाई पनि सांस्कृतिक रूपमा नजिकबाट जोडेर हेरिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार