कञ्चनपुरको भीमदत्त नगरपालिकाका कर्मचारी–कर्मचारी बीच कुटाकुट

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको एक नगरपालिका का दमकलकर्मी (अग्निनियन्त्रक) शाखाका कर्मचारी–कर्मचारी बीच कुटाकुट भएको छ ।

शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका अन्र्तगत (अग्निनियन्त्रक) शाखाका कार्यरत कर्मचारी सुरेन्द्र विष्ट, (अग्निनियन्त्रक) चालक हरिश साउद,र शंकर सुनार बीच आपसी विवादका कारण कुटाकुट भएको वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक दर्र्शन खड्काले बताए ।

आपसी बिवादका कारण तिन जना बिच कार्यलय भित्रै कुटाकुट भएको र कुटपिटमा परी (अग्निनियन्त्रक) चालक हरिश साउदको टाउकोमा चोट र सुरेन्द्र बिष्टको खुट्टामा चोट लागेको बताए।आपसी विवाद पछि तिनै जनाको स्वास्थ्य परिक्षण,उपचार पछि वडा प्रहरी कार्यालयमा ल्याइ आपसी समझदारीमा मेलमिलाप पछि छाडिएको बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार