कराँते प्रशिक्षक खडायतको अनिवार्य अवकाश, कञ्चनपुर खेलकूद विकास समितिमा विदाई

Published by:

Published on:

महेन्द्रनगर । कराँते प्रशिक्षक बिमल खडायतले प्रशिक्षक पदबाट अनिवार्य अवकाश लिएका छन् । जिल्ला खेलकूद विकास समिति कञ्चनपुरमा ३१ बर्ष प्रशिक्षक भएका उनी उमेद हदका कारण अनिवार्य अवकाश भएका हुन् ।

खडायत २०५२ मा राष्ट्रिय खेलकूद परिषदबाट कराँते प्रशिक्षकको नियुक्ति लिएका थिए ।

बैतडी जिल्ला खेलकूदमा पहिलो पोष्टिङ्ग भएका उनी त्यहीँबाट कञ्चनपुर सरुवा भएका थिए । अहिले ५८ बर्षे उमेर हदका कारण सेवा निवृत्त भएका छन् । जिल्ला खेलकूद बिकास समिति कार्यालयमा कार्यक्रम गरी खडायतको बिदाई गरिएको छ ।

समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिह, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायत बिभिन्न खेलका प्रशिक्षक, समितिका पदाधिकारी, खेलाडी सहभागी भएका छन् ।बिदाईपछि उनले सामाजिक सञ्जालबाट समिति लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मैले नेपाल् सरकार राष्ट्रिय खेलकुद परिषद बाट २०५२ साल मा कराते प्रशिक्षक पदमा नियुक्त भै बैतडी जिल्ला मा पहिलो पदभार ग्रहण गरि त्यसपछि कञ्चनपुर जिल्ला खेलकुद समितिमा ३१ वर्ष सेवा अवधी र ५८ वर्ष उमेर हद का कारण सेवा निबृत हँुदा जिल्ला खेलकुद समिती कञ्चनपुरका अध्यक्ष श्री ज्ञानेन्द्र बहादुर सिंहज्यूको अध्यक्षता तथा सम्पुर्ण कार्य समिती, खेलकुद प्रशिक्षक एव कार्यालय प्रमुख गोपाल दत्त भट्टज्यूको उपस्थितिमा मलाई बिदाइ कार्यक्रमको आयोजना गरि जिल्ला खेलकुद समितिबाट बिदाइ गर्नु भएकोमा सम्पुर्ण खेलकुद समिति परिवारप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गद्र्छु ।’

 

 

ताजा समाचार

सम्बन्धित समाचार