महेन्द्रनगर भदौ ३१ । कञ्चनपुरकी रामकला खड्काले घरायसी प्रयोजनको लागि ल्याएको फ्रिज सिभिलमा खटिएका सशस्त्र प्रहरीले नियन्त्रमा लिदै भन्सार बुझाएका छन् ।
परिवारको आर्थीक अवस्था सामान्य रहेकी खड्काले घरायसी प्रयोजनको लागि नेपाल भन्दा केहि सुफत मुल्य पर्ने भएकोले भारतबाट फ्रिज खरीद गरेको जानकारी दिईन्।जिल्लाको दोधारा चाँदनी नगरपालिका ३ बस्ने खड्काले घरायसी प्रयोजनको लागि भन्दै घरमै पुर्याएको फ्रिज सिभिलमा खटिएको सशस्त्र प्रहरीले नियन्त्रमा लिदै भन्सार बुझाएपछी आफुहरु निकै विचलीत भएको भन्दै दुख ब्याक्त गरेकी छन् ।‘खड्काले भनिन्’ऋण काडेर फ्रिज ल्याएको हो,तस्करी गर्ने मनसायले होइन होइन,”“घरमै पुर्याएको फ्रिज नियन्त्रणमा लियो,के गरिबले बाच्न पाउने अधिकार छैन?सशस्त्र प्रहरीलाई लाखौँ बिन्ती गर्यो गरिबको आवाज कसले सुनिदिन्छ,।‘उल्टै तिमिहरु चोर भन्दै झपार्यो खड्काले आखाँभरी आशु पोख्दै भन्यो,। के कानून गरिबको लागि मात्र हो?भन्न त भन्छन् “सानालाई ऐन ठुलालाई चैन।”



