ने बि संघ सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी नेता भट्ट कञ्चनपुर १ बाट प्रदेश प्रतिनिधि मा सर्वसम्मत चयन

Published by:

Published on:

महेन्द्रनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कञ्चनपुर क्षेत्र नं १ अन्तर्गत ३५ वर्षमुनिका युवातर्फ दिनेश राज भट्ट सुदूरपश्चिम प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि भट्टले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण नेतागण, क्षेत्रीय प्रतिनिधि तथा सभापतिज्यूहरू प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिमा सक्रिय भट्ट नेपाल विद्यार्थी संघ ९ने वि संघ०, सुदूरपश्चिम विश्वविद्यालयका स्ववियु सभापतिका उम्मेदवार समेत हुन्। विद्यार्थी तथा युवा वर्गका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएका भट्टले आगामी दिनमा युवाको आवाजलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्।
कांग्रेसको महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै भट्टको राजनीतिक यात्रामा थप महत्वपूर्ण जिम्मेवारी थपिएको छ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा विद्यार्थी र युवाका मुद्दालाई पार्टीको मूलधारमा प्रभावकारी रूपमा उठाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

आफ्नो चयनप्रति आभार व्यक्त गर्दै भट्टले आगामी दिनमा नेपाली कांग्रेसप्रति अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार