कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बजारमा खुल्यो मेघा मोटर्स तथा ईलेक्ट्रिक स्कुटर बिक्रि केन्द्र

Published by:

Published on:

महेन्द्रनगर २०८३ असोज ४ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बजारमा मेघा मोटर्स तथा ईलेक्ट्रिक स्कुटर बिक्रि केन्द्र संचालनमा आएको छ ।

शिक्षक पेशामा कार्यरत भीमदत्त नगरपालिका १८ भगतपुर बस्ने कृष्ण शाहले पछिल्लो समय ग्राहक वर्गमा बढ्दो ईलेक्ट्रिक स्कुटरको मागलाई मध्यनजर गर्दै मेघा मोटर्र्र्स ईलेक्ट्रिक स्कुटर बिक्रि केन्द्र संचालनमा ल्याएको बताए।

दिनप्रतिदिन महङ्गगीदो पेट्रोलियम पदार्थको मुल्य बृद्धिका कारण कञ्चनपुरका अधिकासं मानिसहरुले ईलेक्ट्रिक स्कुटर चलाने गरेको देख्न सकिन्छ ।बिगत केहि बर्ष यता ईलेक्ट्रिक स्कुटर चलाउदा न लाईसेन्स चाहिने,न हेल्मेट चाहिने, न कर लाग्ने भन्दै जिल्लामा रहेका अधिकांंश मानिसहरुले भारतबाट अवैध रुपमा चोरी छिपाई ईलेक्ट्रिक स्कुटर ल्याउने गरेको पाईन्छ ।

नेपाल सरकारले अबैध रुपमा नेपाल भित्रिएका ईलेक्ट्रिक स्कुटरमाथि निगरानी बढाएसंगै कञ्चनपुरका सुरक्षा निकाय तथा कञ्चनपुर भन्सार कार्यालय कञ्चनपुरले १२ वटा ईलेक्ट्रिक स्कुटर पक्राउ गरि भन्सारको जिम्मा लगाएको छ ।
ईलेक्ट्रिक स्कुटर सम्बन्धी यस्तो छ कानूनी प्रावधान

यस सम्बन्धी प्रमुख कानुनी व्यवस्थाहरू निम्नानुसार छन्।

दर्ता र नम्बर प्लेट अनिवार्य
अनिवार्य दर्तास् नेपालमा गुड्ने साना९ठूला सबै प्रकारका इलेक्ट्रिक स्कुटरहरू यातायात व्यवस्था कार्यालय ९म्यत्ः० मा अनिवार्य रूपमा दर्ता हुनुपर्छ। पहिले कम वाट ३५० वाटभन्दा कम भएका स्कुटरलाई छुट भए पनि हाल सबै प्रकारका ई९स्कुटरलाई दर्ताको दायरामा ल्याइएको छ।

समय सीमा स्कुटर खरिद गरेको १५ दिनभित्र दर्ता प्रक्रिया पूरा गरिसक्नुपर्छ। दर्ता नगरी वा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले रु। १,००० देखि रु। ५,००० सम्म जरिवाना वा सवारी जफत गर्न सक्छ।

२ चालक अनुमति पत्रर सुरक्षा नियम

लाइसेन्स अनिवार्य । नेपालको कानुनी व्यवस्था अनुसार इलेक्ट्रिक स्कुटर चलाउनका लागि मोटरसाइकल स्कुटर को सवारी चालक अनुमति पत्र अनिवार्य चाहिन्छ। लाइसेन्स बिना ई९स्कुटर चलाउनु पूर्ण रूपमा गैरकानुनी मानिन्छ।

हेलमेट र ट्राफिक नियम 

पेट्रोल स्कुटर सरह नै यसका चालकले पनि अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने र सडकका सम्पूर्ण ट्राफिक नियमहरू पालना गर्नुपर्ने कानुनी प्रावधान छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार