सुदूरपश्चिमका रैथाने खानाको स्वाद, ममताज काजबारमा सुरु गरे धिरज चन्दले सुपा थाली

Published by:

Published on:

महेन्द्रनगर असोज १ २०८२ । भीमदत्त नगरपालिका ३ भाँसी ऐंठपुरका धिरज चन्द सात वर्ष अघि काठमाडौंबाट गृह नगर महेन्द्रनगर फर्किए । काठमाडौमा उच्च शिक्षा अध्ययन गरी चन्दले उतै दुर सञ्चार प्रदायक सम्बन्धि कम्पनीमा जागिर सुुरु गरेका थिए । काठमाडौं छाडेर आउँदा उनलाई जागिर खाएको १४ वर्ष भइ सकेको थियो ।

गृह नगरमा आफ्नै व्यापार व्यवसाय गर्ने सोचले फर्किएका उनले ममताज पार्टी प्यालेश सुरु गरे । जागिरका क्रममा केही न केही गर्नु पर्छ भनेर सोच्थे । त्यस बेलामा उनलाई गृह नगरमा खानाका स्थानीय परिकार प्रवद्र्धन हुने व्यवसाय सञ्चालन गर्ने सोच बनाउन पुगेका थिए ।

‘जागिरका क्रममा व्यवसाय गर्ने सोच बनाएपछि काठमाडौबाट फर्किएर पार्टी प्यालेश सञ्चालन गरियो’ चन्दले भने,‘अहिले अब यो मेरो त्यो पहिलेको सोच अनुसार स्थानीय खानाका परिकारका सहित थाली सुरु गरेको छु ।’

ममतजा पार्टी प्यालेशभित्र काजबार रेस्टरेन्ट खोलेर चन्द सुदूरपश्चिमका रैथाने खानाको स्वाद पारखसम्म पुगाउन ममताज काजबार खोलेर अघि बढेका छन् ।

बिहीबार चन्दले सुदूरपश्चिमका स्थानीय खानाका विभिन्न परिकार समेटिएको सुपा थाली सुुरु गरेका हुन् ।

 

‘सुदूरपश्चिमको खानाको टेस्ट गराउन आज मैले सुदूरपश्चिमको थाली लन्च गरेको छु’ बिहीबार पत्रकार सम्मेलनमा ममताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले भने,‘खानाका पारखीलाई वहाँहरुको चाहना अनुसार परिकार दिन्छौ ।’
दुई महिना अघि पार्टी प्यालेशमा ममताज काजबार रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । ममताज वेडिङ्ग बेल्सले यस अघि पार्टी प्यालेश मात्रै सञ्चालन गर्दै आएको थियो । अहिले व्यवसाय रेस्टुरेन्टसम्म विस्तार गरिएको छ ।

सुदूरपश्चिमका सबै स्थानीय परिकार उपलब्ध गराउने थालिएको थाली बजारको चलनचल्तीको मूल्य भन्दा कम भएको सञ्चालक चन्दले बताए ।

‘म आफै पनि खानाको पारखी हुँ, मलाई हाम्रो क्षेत्रको स्थानीय खाना निकै मन पर्छ’ चन्दले भने,‘ म चाहिँ विशेष गरी मासु र लोकल खानाको पारखी हो, अहिले यी खाना ओझेलमा छन्, त्यस अनुसार अरु पारखीलाई सेवा दिन यो प्रयास गरेको छु ।’

सुदूरपश्चिमेली भाषामा चाडपर्वलाई काजबार भन्ने गरिन्छ । चन्दले त्यहीं शब्दका नाममा रेस्टुरेन्ट सञ्चालन गरी सुदूरपश्चिमको संस्कृति प्रचार प्रचार गर्ने सोच बनाएका छन् ।

ममताताज पार्टी प्यालेश चन्द परिवारले आफ्नै एक बिगाहा जग्गामा खोलेका छन् । अहिलेसम्म पार्टी प्यालेश सहित रेस्टुरेन्ट सञ्चालनमा तीन करोड बढी लगानी गरिएको छ ।

सुदूरपश्चिम थालीमा पस्किने परिकारका मेनु नै बनाएर राखिएको छ । त्यसमा बटुक, माडा, फापर, कोदोको रोटी, गतानी, भाङको चट्नी, भट्टकी चकानी, मेथी पलेउ, फाडो, कोइरालोको चट्नी, पिडालु, कुल्चाा मुला ९थारु परिकार०, आलु कुल्चा९थारु परिकार० , गाबा लगायतका परिकार समावेश गरिएका छन् ।

सुदूरपश्चिमका रैथाने खानाका परिकार बनाउने उत्पादनका लागि स्थानीय स्तरका अग्र्यानिक पसलदेखि किसानसम्म सम्पर्क विस्तार गरेका छन् ।

चन्द रैथान खानालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहेको बताउँछन् । ‘अहिले थकाली र नेवारी खानाको मात्रै चर्चा हुन्छ, तर खाना केवल पेट भर्ने माध्यम मात्र होइन, यो त कुनै भूगोलको संस्कृति, परम्परा र पहिचानसंग समेत सम्बन्धित हुन्छ’ उनले भने, ‘म यहीं सन्देश दिनका लागि मौलिक परिकारलाई संरक्षण, प्रवद्र्धनक गर्न चाहन्छु ।’

काजबारमा स्वादसँगै स्वास्थ्य र पोषणलाई समेत ध्यान दिएर फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट खाना पकाएर दिइने चन्दले बताए ।

‘त्यस बाहेक खानालाई थप स्वादिष्ट तथा सुगन्धित बनाउन जिम्बु, टिम्मुर, भाङको छोप तथा पहाडी तोरीको तेल जस्ता परम्परागत सामाग्रीको प्रयोग गर्छौ’ उनले भने ।

सुदूरपश्चिमको थालीका लागि काजबार पुग्ने ग्राहकले सुदूरपश्चिमको तराई र पहाडी क्षेत्रको संस्कृति संस्कार र आतिथ्य खानाको माध्यमबाट पाउने छन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार