दोधाराचाँदनी झोलुंगे पुल भत्किँदा आफ्नो सपना भत्किएको महसुस ः लेखक

Published by:

Published on:

महेन्द्रनगर २८३ असोज २३ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले दोधाराचाँदनी झोलुंगे पुल भत्किँदा आफ्नो एउटा सपना भत्किएको महसुस भएको बताएका छन्। शुक्रबार बिहान क्षतिग्रस्त झोलुंगे पुलको स्थलगत अनुगमन गर्दै पूर्वमन्त्री लेखकले पुल निर्माणदेखि सम्पन्न हुँदासम्म आफू प्रत्यक्ष सहभागी भएको स्मरण गरे ।

उनले सरकारले क्षतिग्रस्त पुलको पुनर्निर्माणमा यथाशीघ्र ध्यान दिनुपर्ने बताए। तत्कालीन अवस्थामा झोलुंगे पुल निर्माण गरिएको र पछि पक्की पुलसमेत बनेको उल्लेख गर्दै उनले पुलले दोधाराचाँदनी क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए।

पुल आवतजावतको माध्यम मात्र नभई सिंगो नेपाललाई जोड्ने कडी भएको उल्लेख गर्दै लेखकले यसको पुनर्निर्माणका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

ताजा समाचार

सम्बन्धित समाचार