महेन्द्रनगर । कञ्चनपुको महाकाली नदिमा रबरबोट बाट खसेर सशस्त्र प्रहरीका असई (प्रहरी सहायक निरिक्षक) सागर थारु बेपत्ता भएका छन् ।
क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुलमा चुडिएको नेपाल टेलिकमको तार मर्मत तथा बिस्तारको क्रममा टेलिकमको टिम सहित खटिएका असई एक्कासी रबरबोटबाट अनियन्त्रित भई शुक्रबार मध्यान्न १२ः३० बजे नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले बताए। थारु सशस्त्र प्रहरी गण दार्चुृलाबाट बिहिवार काज लियर शुक्रबार मात्र कञ्चनपुरको दोधारा चाँदनी देविस्थान गुल्ममा हाजिर भएका थिए ।
बर्दिया घर भएका २५ वर्षिय थारु फ्रेसका असई हुन ।थारु सशस्त्र प्रहरी विपद् व्यावस्थापन तथा खोज उद्धार कार्यमा तालिम प्राप्त रहेको बुझिएको छ ।सनिबार मध्यान्न बेपत्ता रहेका थारुको खोजतलासको लागि नेपाल पहरी,सशस्त्र प्रहरी,नेपाली सेना, र सशस्त्र प्रहरीको गोताखोरको टोलिले खोत गरेको थियो।
सनिबार ६ बजे सम्म पनि थारु नभेटिएपछी खोज तथा उद्धार टोली फिर्ता भएको प्रहरी प्रवक्ता रावले बताए।खोज तलासको क्रममा थारुले लगाएको लाईफ ज्याकेट फेला परेपनि थारु भने अझै फेला पर्ने सकेका छैनन् । बेपत्ता थारुको भोली आईतबार बिहान देखि पुनः खोजिकार्य गरिने छ।



