कञ्चनपुर प्रहरीको गोदाम छापामार शैली, तस्करी रोक्न कि? व्यापारी तर्साउन

Published by:

Published on:

 महेन्द्रनगर । कञ्चनपुर प्रहरी पछिल्लो समय महेन्द्रनगरमा  रहेका केहि ब्यापारीहरुको गोदाममा छापा मार्दै आईरहेको छ । प्रहरीले जिल्लाको गड्डाचौकी लगाएत बिभिन्न सीमानाकाबाट अबैध रुपमा व्यापारीको गोदामसम्म पुगेको सरसमान अबैध भन्दै नियन्त्रमा लिएको देखिन्छ।

कञ्चनपुर प्रहरीले भारतबाट अबैध तरिकाले क्यारिङ मार्फत कहाँ–र कुन मार्र्फत कुन व्यापारीको गोदाममा अबैध सरसमान जान्छ भन्ने सुराक लिन समेत सिभिलमा प्रहरी परिचालन गरेको स्रोतको दाबि छ।

व्यापारीको गोदाममा छापा हान्दै गर्दा कञ्चनपुर प्रहरीको नियत माथि खोट देखाउदैे कञ्नपुरका आम जनताहरुले प्रहरी माथि नै प्रश्न गर्दै आइरहेका छन् ।कञ्चनपुरमा एक सय २९ किलोमिटर छिमेकी देश भारतसंग जोडिएको खुला सीमाना छ ।एक सय २९ किलोमिटर नेपाल–भारत खुला सीमानामा नेपाल प्रहरी,सशस्त्र प्रहरी,सिभिल प्रहरी,उतिकै मात्रामा खटन–पटन गरिएको छ ।सीमानाकामा दुर्ई वटै सुरक्षा निकायको निगरानी भए पनि भारतबाट क्यारीङको सरसमान कसरी महेन्द्रनगरका व्यापारीको गोदाम सम्म पुग्यो? यो गम्भीर प्रश्न रहेको छ ।

यति मात्र हाईन महेन्द्रनगर देखि गड्चौकी ५ किलोमिटरको दुरीमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र भन्सार कर्मचारीको सात–सात ठाउँमा चेकिङ रहेको देख्न सकिन्छ ।महेन्द्रनगरका एक जना स्थानीय ब्यापारीले भने ठाउँ–ठाउँमा सुरक्षा निकायको चेकिङ देखिन्छ,तर क्यारिङ मार्फत अबैध सरसमान महेन्द्रनगरका ब्यापारीहरुका गोदाम सम्म कसरी पुग्यो?कसको मिलोमतोमम पुग्यो?अचम्मको कुरा होईन त।

सीमानामा खटिएका सुरक्षा निकाले राम्रो काम नगर्ने अनि ता गोदाममा छापा हानेर व्यापारी तर्साउने उनको जिज्ञासा रहेको थियो । कञ्चनपुर प्रहरीले दशै– तिहारलाई लक्षित गर्दै जिल्लामा सुरक्षा निगरानी बढाएको पाईन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार