सुदूरपश्चिम विश्वविद्यालय अध्ययनरत बैतडीकी कमला पाण्डे महाकाली भाइरलपुल बाट बेपत्ता,खोजिकार्य जारी

Published by:

Published on:

२०८३ मंसिर ९ महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको झोला सहित समान महाकाली नदी चार लेन पुलमा भेटिएपछि खोजी थालिएको छ ।

बैतडीको पाटन नगरपालिकाकी कमला पाण्डेयको झोला, पर्स, कापी किताब, परिचय पत्र र चप्पल पुलमा भेटिएको छ । पुलमा सर समान भेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।

पाण्डेयले समान छाडेपछि नदीमा हाम फालेको वा अन्यत्र हिँडेको प्रहरीले आशंका गरेको छ । स्थानीयले खोजी कार्यमा प्रहरीलाई सहयोग गरेको छ ।साँझसम्म पाण्डेय भेटिएकी छैनन् । उनी सुदूरपश्चिम विश्वविद्यालमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले किशोरी छात्राको सरसमान भेटिएपछि खोजी कार्य भईरहेको बताए ।नदीमा हाफ फालेको वा सरसमान छाडेर कतै अन्तै गएको भन्ने यकिन हुन सकेको छैन’ डीएसपी रावलते भने ।

सुदूरपश्चिम विश्वविद्यालय भने छात्रा बेपत्ताबारे अझैसम्म बेखबर देखिएको छ । विश्वविद्यालयको अहिलेसम्म आधिकारिक धारणा बाहिर आएको छैन ।पाण्डेय बेपत्ता भएको जानकारी फैलिएपछि पुल पुगेका स्थानीयले विश्वविद्यालयका अधिकारी आएको आफूहरुले नदेखेको बताए ।

विश्वविद्यालयका पदाधिकारी, कर्मचारी सहित शिक्षकहरु विश्वविद्यालयका प्राध्यापकको छोरोको विहेमा भोज खाज पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले खोजीमा सहयोगका लागि आग्रह गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार