२०८३ मंसिर ९ महेन्द्रनगर । बैतडीमा प्रहरी जवान मृत फेला परेका छन् ।
बैतडी जिल्ला अदातमा कार्यरत दार्चुलाको लेकम गाउपालिका ४ झलाती घर भएका प्रहरी जवान भुपेन्द्र राम पार्की सुत्ने कोठामा झुन्डीएको अवस्थामा मृत फेला परेका हुन । मंगलबार राती नियमित डियुटी सकेर कोठामा सुत्न गएका प्रहरी जवान पार्की झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक जवान पार्कीको शव, शव परिक्षण पछी बैतडीबाट दार्चुला झलाती लगिएको छ ।देश र जनताको सेवाको लागि भन्दै प्रहरी संगठनमा छिरेका पार्कीको मृत्यु पछी पार्कीको घरपरिवार मात्र होइन यती खेर सिङ्गो दार्चुला जिल्ला शोकमा डुबेको छ ।



