भीमदत्त नगरपालिकाले अतिक्रमित सरकारी जमिनमा फेरी चलाउन थाल्यो डोजर

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले फेरी अतिक्रमित सरकारी जमिन खाली गर्न लागेको छ । सरकारी जमिन अतिक्रमण गरेर बनाईएका पक्की भौतिक सरचना हटाउन भीमदत्त नगरपालिकाले फेरी डोजर चलाएको छ ।

गत असार दोस्रो सातादेखि रोखिएको सरकारी अतिक्रमित जमिन खाली गर्न कार्तिक अन्तिम सातादेखि पालिकाले डोजर लगाईरहेको छ । सरकारी जमिन अतिक्रमण बिरुद्धमा आन्दोलनमा उत्रिएका कञ्चनपुरका युवा विद्यार्थीको दवावमा पालिकाले सोमबारदेखि अवैध सरचनामा डोजर लगाएको हो ।

भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले विचमा चार्डवाडदेखि वाढी डुवानमा कारण रोकिएको अवैध सरचना हटाउने अभियान पुन शुरु भएको बताए । तर, युवा विद्यार्थीले भने, आफुहरुको दवावमा पालिका सरकार बाध्य भएर अवैध सरचनामाथि एक्सनमा उत्रिएको जनाएका छन ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता बिरेन्द्र राज विष्टले पाटी अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० नेतृत्वको सरकारले देशैभरीको अतिक्रमित सरकारी जमिन खाली गराउने अभियान गत असारमा ९एमाले–काँग्रेस० नेतृत्वको सरकार आएसंगै रोकिएको अभियान पुन आफुहरुको दवावमा शुरु गरिएको बताए । ‘अब प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको योजना रोकिदैन, ‘उनले भने, ‘जिल्लाभरी अवैध सरचना हटाउन तीनै सरकारले कुनै कन्ज्युस्याई गर्नु हुँदैन ।’

नेकपा बहुमत युवा नेता दिपेन्द्र सिह ऐरीले स्थानीय भीमदत्त नगरपालिका सरकारले सरकारी जमिन हडप्ने गिरोहलाई सरक्षण दिएकाले युवा विद्यार्थीको दवावमा फेरी अवैध सरचना हटाउने अभियान शुरुवात भएको बताए । ‘अब यो अभियान रोकिदैन, ‘स्थानीय सरकार अग्रसर हुनुपर्छ, जिल्लाभरीको अतिक्रमित सरकारी जमिन खाली गर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले प्रचण्ड नेतृत्वको सरकारले अवैध सरचना हटाउनेदेखि सरकारी जमिन हडप्ने गिरोहमाथि कार्बाही गरेका बेला स्थानीय सरकार समेत तातेको भएपनि सरकारी परिर्वतनसंगै अवैध सरचना हटाउने अभियान आफुहरुको दवावमा फेरी गरिएको बताए ।

नेकपा माओवादी युवा नेता चन्द्रकान्त भट्ट९सिके०ले कुनैपनि हालतमा जिल्लाभरीका अवैध सरचना सरक्षणमा स्थानीय सरकार लागे आफै सकिने बताउँदै अवैध सरचना हटाउन निरन्तर दवाव दिईने बताए ।

रास्वपा भीमदत्त नगरका युवा नेता यज्ञराज जोशीले काँग्रेस, एमाले नेतृत्वको सरकार आएपछि रोकिएको अवैध सरचना हटाउने अभियान फेरी गर्न स्थानीय सरकारलाई दवाव दिएको बताए । नेकपा विप्लव निकट अखिल समाजवादी जिल्ला अध्यक्ष अनिल घरडीले जिल्लाभरी अवैध सरचना हटाउन निरन्तर दवावमुलक कार्यक्रम गरिने बताए ।

कञ्चनपुरका युवा नेता प्रकास पार्कीले अवैध सरचना खाली गरेर सुशासनदेखि राज्यको सम्पत्ती सरक्षण गर्ने युवा विद्यार्थी अभियान नरोकिने बताए । यस अघि गत बैशाखदेखि असारसम्म भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा अतिक्रमण गरेर बनाएका सरचना हटाएको थियो । असार दोस्रो सातादेखि अवैध सरचना हटाउन छाडेपनि स्थानीय सरकारको आलोचना भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार