भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ

Published by:

Published on:

काठमाडौँ ्र नयाँ वर्षमा भारतको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको हो ।

घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।

मृतक बालबालिकाका २४ वर्षीय भाइ अरशदलाई प्रहरीले पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।

प्रहरीका अनुसार लखनउ आगराको कुबेरपुर क्षेत्रको तेहरी बगियाा इस्लाम नगरको एक होटेलमा २४ वर्षीय अरशद आफ्नी आमा आस्मा र चार बहिनी आलिया , अल्सिया, अक्सा , रहमीनसँग बसेका थिए । अरशदले कुनै विवादमा होटलको कोठामा पाँचै जनाको हत्या गरेको लखनउ प्रहरीले जनाएको छ । उनीहरुका परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।

उनले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको बताईएको छ । फिल्ड युनिटलाई बोलाएर प्रमाण संकलन भइरहेको भारतीय संचारकर्मीहरुले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार