कञ्चनपुरमा जलेको अवस्थामा बाघ मृत फेला

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा जलेको अवस्थामा पाटेबाघ मृत फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा बाघ जलेर मृत अवस्थामा फेला परेको हो।

बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशंका गरिएको छ। घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ। बाघको मृत्यु र आगलागीको कारणबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार