महेन्द्रनगर । कञ्चनपुरको एक स्थानीय सरकारलाई उत्कृष्ट पालिका शिक्षा पुरस्कार पाईएको छ । जिल्लाको कृष्णपुर नगरपालिकालाई उत्कृष्ट पालिका शिक्षा पुरस्कार ०८२ पाईएको हो ।
सामुदायिक विद्यालयका प्रद्यानाध्यापक९हेडसरहरु०को साझा सगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल९पान०ले कृष्णपुर नगरपालिकालाई उत्कृष्ट पालिका पुरस्कार समेत प्रदान गरेको छ ।
पानले शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता, नविनत पहल गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरेको भन्दै शुक्रबार पोखरामा एक कार्यक्रमका विच कृष्णपुर नगरपालिकालाई पुरस्कार दिएको जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्त, शिक्षा स्वास्थ्य तथा सुचना प्रविधी सभापति अमर बहादुर थापाले कृष्णपुर नगरका मेयर हेमराज ओझालाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरेका छन ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल९पान०का अध्यक्ष सुदाम प्रशाद गौतमले शिक्षा विद समेत रहेका प्राडा विद्यानाथ कोईराला नेतृत्वको मुल्याङ्गकन समितिले २५ शैक्षिक मापदण्डका आधारमा कृष्णपुर नगरपालिका छनौट गरेर पुरस्कार दिएको बताए ।
पुरस्कार पाएपछि कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभाव, समितिको मेहनत रेखदेखको परिमाण भएको बताए । नगर प्रमुख ओझाले शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी, समुदायप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा शिक्षा सुधारका कार्यक्रम निरन्तर थप नविनतम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
मेयर ओझा नेतृत्वको कृष्णपुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका लागि चालु शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पठन पाठन गर्न गराउने निर्णय गरेसंगै सर्बत्र प्रसंसा भईरहेको छ ।
