पन्ध्र लाख नतिर्दा क्यासिनो को विद्युत लाइन कट्

Published by:

Published on:

महेन्द्रनगर । महेन्द्रनगरमा सञ्चालित सीएमजी क्लबको ९क्यासिनो०मा विद्युत लाइन कट् गरिएको छ । नेपाल प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सोमवारमहशुल नतिरेको भन्दै लाइन काटेको हो।

विद्युत प्रधिकरण वितरण केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार सीएमजी क्लबले विद्युत खपत गरेबापत करिब १७ लाख बढी महसुल नतिरेपछि लाइन काटिएको छ उनका अनुसार क्लवको मासिक पाँच लाखको हाराहारीमा महसुल आउँछ। क्लबले असार पहिलो साता महसुल भुक्तानी गर्ने बताएपनि अन्तिमसम्म पनि महसुल नतिरेपछि लाइन काटिएको उनले बताए।

‘क्लबले खपत बापतको तीन महिनाको शूल्क भुक्तानी गरेको छैन। हामीले पटक–पटक ताकेता ग¥यौँ,’ उनले भने, ‘१७ लाख भन्दामाथिको शुल्क नतिरेपछि लाइन कटेका हौ ।’ सीएमजी क्लबका कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएका गुनासो गरेका छन्। तलब माग गर्दा कर्मचारीलाई हटाउन थालिएको छ।

‘आफूले काम गरेको ७५ हजारमाथिको तलब भुक्तानी गरेको छैन्, पटक पटक भन्दा पनि क्लबले जिएमले कारोबार नबुझाएको बताउँछ,’ हटाइएका कर्मचारी प्रमोद भट्टले भने, ‘लेखापालले के गरे, के गरेनन्, त्यस विषयको आड लिएर मेरो तलब रोक्न पाइन्छ र रु मेरो श्रमशोषण भएको छ।’

यस विषयमा क्लबसँग कुरा गर्दा, विद्युत लाइन काटिएको स्वीका¥यो। पूर्वजिएम हिमाल श्रेष्ठले करोबारको सबै हिसाव नबुझाएकाले कर्मचारीको तलब भुक्तानी गर्न नसकिएको जनाएको छ। पछिल्लो समयमा सीएमजी क्लबले स्टाफको पारिश्रमिक, विद्युतको शुल्क, बजारमा तरकारीको रकम समेत भुक्तानी नगर्दा विवादमा आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार