यस आभास डट कमले ‘पन्ध्र लाख नतिर्दा क्यासिनोको विधुत लाईन कट` भन्ने समाचार मिति २०८२/र३/२३ गते प्रकाशीत भएको थियो । जुन सिएमजि क्यासिनोले सो समाचार तथ्य हिन झुटो हो भनेर आभास डटकमलाई मिति २०८२/३/२७ गते खण्डनको लागि पत्र पठाएको छ ।
महेन्द्रनगर । कंचनपुरको सिएमजि क्यासिनोले नियमित रुपमा विधुत महसुल भुक्तानी गरिरहेको द दाबि गरेको छ ।जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित होटल ओपेरा प्रालि सङै जोडिएको सिएमजि क्यासिनोले विधुत महसुस नियमित तिर्दै आईरहोका दाबी गरेको हो ।
सिएमजि क्यासिनोका जिएम शिवराज राईका अनुसार आफू कानून बमोजिम व्यावसाय संचालन गर्दै आएककाे विगतमा केही जिम्मेवार पदाधिकारीहरुको लापरबाहीका कारण विधुतको महसुस बाकी रहन गएको हाल नियमित रुपले तिरी बुझाई रहेको बताए ।उनले कर्मचारीहरुलाई पारश्रमिक नदिएर हटाएको समाचार गलत र कर्मचारीहरुले आफ्नै मन मर्जीले काम छोेडेको बताए ।
