महेन्द्रनगर माघ २४ । अधुरो भीमदत्त नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माणकार्य पुन सूचारु हुने भएको छ । विगत पाँच बर्ष देखि अधुरो निर्माण रहेको ३ नम्बर वडा कार्यालय भवनको कार्य पुन सूचारु हुने भएको हो ।
ठेकेदारको चरम लापरबाहिको कारण अलपत्र वडा कार्यालय भवन निर्माणको कार्य पुनःसूचारु हुने भएपछी स्थानीयहरुमा निकै खुसी पलाएको छ । मालिका जेभी एमडी निर्माण कम्पनीको लापरबाहिको कारण भीमदत्त नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय निर्माणको काम ठेक्का समझौता भएको ५ बर्ष देखि अलपत्र अवस्थामा रहेको छ ।
२०७४ सालमा शिलान्यास गरिएको वडा कार्यालय भवनको निर्माण कार्य ५बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थप गरिरहदा समेत निर्माण कम्पनीको ढिलासुस्तीका कारण वडा भवन निर्माणको काम पुरा गर्ने सकेको छैन।
१ करोड ६१ लाख मा निर्माणको जिम्मा पाएको मालिका एमडी जेभी निर्माण कम्पनीले वडा भवनको काम पुर्ण नगरी आधा अधुरै छाडेको छ । वडा भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आधा अधुरै छाडेर अलपत्र पारेपछी भीमदत्त नगरपालिकाले मिति २०८२÷९÷२३ मा निर्माण कम्पनीको बैक व्यारेन्टी जफत गर्ने सम्बन्धमा सिटिजन बैक महेन्द्रगर शाखालाई पत्र पठाएको थियो ।
भीमदत्त नगरपालिका कर्मचारीको,र पत्रकार समेतको फोन नउठाने मालिका जेभी एमडी कम्पनीका संचाकले जब भीमदत्त नगरपालिकाले बैक ग्यारेन्टी जफतगर्ने सम्बन्धमा बैकलाई पत्राचार गर्यो निर्माण कम्पनीे बल्ल
सम्पर्कमा आएको भीमदत्त नगपालिकाका इन्जिनियर रोहित भट्टले बताएका छन् ।
उनले भने हामीले उक्त कम्पनीले समझौता र शर्त बमोजिम आफ्नो दायीत्व पुरा नगरी (परफर्मेन्स बोन्ड) आर्थीक ग्यारेन्टी समयमै पेश नगरेको,निर्माण कार्य सूचारु नगरेको,तथा कार्यालयबाट दिएका निर्देशनहरु पालना नगरेकोले करारको उदेश्य गम्भीर रुपमा प्रभावित भएको कारण देखाउदै सम्बन्धीत सिटिजन बैक लाई मालिका एमडी जेभी निर्माण कम्पनीको उक्त बैकमा रहेको रु ४४ लाख ८७ लाख बराबरको बैक ग्यारेन्टी जफत गरिदिने भन्दै पत्र लेखेपछी उक्त निर्माण कम्पनी सम्पर्कमा आई ठेक्काको एक वर्ष म्याद थप गरेकोे भीमदत्त नगपालिकाका इन्जिनियर रोहित भट्टले बताए।
ठेकेदार कम्पनीको लापरवाहिको कारण यसले वडाको सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना गरेको छ भने भाडाको घरबाट सेवा प्रभाव गर्दै आईरहेको वडाको लागि भीमदत्त नगरपालिकाले बर्षेनी १ लाख ८० हजार भाडा तिर्ने बाध्य भएको छ।
