महेन्द्रनगर माघ २७ । जिल्ला प्रशासन कार्यालय कञ्चपुरले २०३ थान ईजाजत् प्राप्त हातहतियार नजिको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
प्रशासनले कञ्चनपुर जिल्लामा ईजाजत् प्राप्त २०३ हातहतियारहरु नजिकको जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो । प्रशासनले एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भएरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नेको लागि कञ्चनपुर जिल्ला स्थित व्याक्तिका नाममा रहेका ईजाजत् पाप्त २०३ थान हातहतियारहरु सममै प्रहरीमा बुझाउन सूचना मार्फत आग्रह गरेको छ ।
