महेन्द्रनगर माघ २७ । कञ्चनपुरको तिल्केनी शान्ति सामुदयी बनमा मृत भेटिएकी युवतीको अझै सनाखत हुन सकेको छैन । यही माघ १६ गते भीमदत्त नगरपालिका वडा नम्बर १० को तिल्केनी शान्ति सामुदायीक बनभित्र पर्ने बग्यादोल खोलामा २५÷३० वर्षीय युवती अर्धनग्न अवस्थामा शव किरा परेको अवस्थामा मृत फेला परेकी थिईन्।
युवती मृत फेला परेको १२ दिन बितिसक्दा समेत मृतकका आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीले बताएका छन् ।
खत्रीले भने १२ दिन बितिसक्यो मृतकको शनाखत हुन सकेको छैन, प्रहरी पनि अनुसन्धानमै छ। कुनै ठाँउबाट युवती हराको र खोजिकार्य गरिपाउ भनी पत्र पनि आएको छैन,प्रमुख एसपीले बेबारिस अवस्थामा भेटिएकी युवतीको शव परिक्षण गरिसकेको पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको बताए ।
खत्रीले भने शव फेला परेको लामो समय भयो शवलाई सडाउन भएन।शव महाकाली प्रादेशिक अस्पताको शव गृहमा राखिएको छ । भीमदत्त नगरपालिका संग सहकार्य गरेर शवको अन्तीम दाहसंकार गर्ने छौ ।

