कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका प्रभावशाली नेता कृष्णदत्त जोशी(बोक्सर)उज्यालो पाटी नेपालमा प्रवेस गरेका छन । पछिल्ला दिनमा रास्वपा नेता समेत रहेका बोक्सर हालै उज्यालो पाटी नेपालमा प्रवेस गरेका हुन । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर ३बाट टिकट पाउने आशले रास्वपातिर लागेका बोक्सर अन्तत घोका दिएको स्वयम आफैले समाजिक सञ्जालमा राखेका थिए । अन्तत रास्वपाले धोका दिएको टिकट नदिएको भन्दै उज्यालोतिर गएको उनकै समाजिक सञ्जालमा पोष्ट गरिएको स्टाटसले देखाएको छ । रास्वपा परित्याग गरेको घोषणा गरेका नेता बोक्सरलाई उज्यालो पाटीले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेबारी दिएपछि उज्यालो रोजेका उज्यालो पाटीले जनाएको छ । केही दिन अघि मात्रै उज्यालो पाटीका अध्यक्ष कुलमान घिसिङ्गकै निवास काठमाण्डौँमा पाटी प्रवेस गरेको उज्यालो पाटीका केन्द्रीय सदस्य योगेश साउदले बताए । कञ्चनपुर क्षेत्र २बाट उम्मेदवार बनेका साउदले बोक्सरलाई सुप प्रदेशका १६वटै सिट जिताउने गरेर प्रदेश इन्चार्जको जिम्मेबारी दिएको बताए । झण्डै चार दशकदेखि पृथकपृथक राजनैतिक दलमा राजनीतिक गरेर अनुभव बटुलेका बोक्सर उज्यालोतिर लागेपछि नेता कार्यकर्ताहरु उत्साहित भएका छन । बोक्सरले अध्ययनदेखि शिक्षण पेशामा रहदा समेत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रमा विद्यार्थी, शिक्षक मोर्चामा काम गरेका थिए । त्यसपछि तत्तकालिन माओवादी एमाले एकता भएर नेकपा बनेका बेलामा पनि कम्युनिष्ट आन्दोलनको एक शक्तिशाल कमाण्डर थिए । काँग्रेस, कम्युनिष्ट पटि रास्वपा हुँदै अहिले उज्यालोतिर प्रदेशकै मुख्य जिम्मेबारी पाएपछि प्रदेशकै मुहार फेरिने भन्दै उज्यालोका उम्मेदवार नेता कार्यकर्ताहरु हर्षित भएका छन । तत्तकालिन माओवादी कोटाबाट महाकाली अस्पतालको अध्यक्ष भएका बोक्सरले अस्पताल सुधारका लागि गरेको योगदानसंगै माओवादीकै टिकटमा ०७९ सालमा भीमदत्त नगरको उपमेयरका भारीजनमत ल्याएका बोक्सर अहिले उज्यालोतिर लागेपछि अब प्रदेशभरीका उम्मेदवारले जितको शास फेर्न लागेका छन । बोक्सरले उज्यालो पाटी रोजेपछि सुप प्रदेशका १६वटै क्षेत्रका उम्मेदवार नेता कार्यकर्ताहरुले आफ्नो क्षेत्रमा आएर जिताउन तानातान गरिरहेका छन । पाटी अध्यक्ष कुलमानले दिएको जिम्मेबारी प्रदेशमा रतिभर कतै नडगमगाई विचलीन नभई ईमान्दारितापुर्वक काम गर्ने प्रतिज्ञा गरेको नेताहरुले बताएका छन ।
