दिनेश चौधरी
कञ्चनपुर, बैशाख १३ कञ्चनपुरका युवा पत्रकार बासुदेव धामी(बिमल)माथि समाचार लेखेकै आधारमा फैजदारी मुद्दा चलाउन प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । अनलाईन टिभी पत्रकार संघ नेपालले समाचार लेखेकै आधारमा फैजदारी मुद्दा चलाउन प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको हो । अनलाईन टिभी पत्रकार संघ नेपाल कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन ०६३को दफा ४७प्रयोगले पत्रकारिता क्षेत्र धरासायी बनिरहेका बेला पत्रकार धामीमाथि लगाएको मुद्दा चिन्ता जनक रहेको ठहर गरेको छ ।
अनलाईन भिटी पत्रकार संघ नेपाल कञ्चनपुरका सचिव सन्तोष धानुकले हस्ताक्षर गरेको विज्ञप्तीमा सार्वजनिक पदमा रहेका व्यक्तिका विषयमा प्रशन उठाउनु र समाचार लख्नु अपराधन नभई बरु लोकतन्त्रको सुधार पक्ष भएकाले पत्रकार धामीमाथि लगाएको मुद्दा खारेजी गर्न माग अघि सारेका छन ।
पत्रकार धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको विषयप्रति महासंघ शाखा कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेखेको बिषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार कसुर अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गर्नु दुःखद विषय भएको अनलाईन टिभी पत्रकार संघ नेपालको ठहर छ।
‘कुनै पनि समाचारप्रति असन्तुष्टि, आपत्ति वा समस्या भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था विद्यमान छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला वर्षहरूमा प्रेस सम्बन्धी विषयहरू प्रेस काउन्सिल नेपालमार्फत नै नियमन, कारवाही तथा जरिवाना समेत हुँदै आएको छ।’
प्रेस काउन्सिल ऐनले समेत यस्ता विषयमा हेर्ने तथा आवश्यक दण्ड सजाय ,जरिवाना गर्ने अधिकार प्रदान गरेको अवस्थामा समाचार लेखेकै आधारमा पत्रकार वा सञ्चारकर्मीमाथि प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु उचित नभएको धारणा रहेको छ।
समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिनु तथा त्यस आधारमा पक्राउ पुर्जी जारी गर्नुले समग्र सञ्चार क्षेत्रमै त्रास सिर्जना भएको ठहर छ ।
पत्रकार धामी माथि समाचार लेखेको विषयलाई लिएर दर्ता गरिएको मुद्दा खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन महासंघले कञ्चनपुर प्रहरी प्रशासनसँग माग गर्दै प्रेस काउन्सिल नेपाललाई समेत यस बिषयमा गम्भीर बन्न आग्रह गरेको छ । बेलडाँडी पोष्ट, पश्चिम समाचारडटकमका पत्रकार धामीले पछिल्ला दिनहरुमा मोफसलमा बसेर सुशासनका मुद्दा उठान गर्दै आएका छन ।
पत्रकार धामीको घर परिवारले पछिल्लो समय असुरक्षित महसुस गरिरहेको जानकारी महासंघलाई दिएकोले पत्रकार धामी र घरपरिवारको सुरक्षाको उचित पबन्ध गरिदिन समेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
अहिले समाचारप्रति असहमती, लेखेकै आधारमा यसरी एक पत्रकारमाथि जनप्रतिनिधीले मुद्दा मामिला गर्दा भावि दिनमा समेत कुनैपनि पत्रकारले सुशासन सम्बन्धी लेख्ने समाचारमा जनप्रतिनिधीदेखि सरकारी निकायमा रहेका जिम्मेबारी पदाधिकारीबाट मुद्दा मामिला गर्ने श्रृङखलाले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने चौतर्फि चिन्ता व्यक्त गरिएको छ । पत्रकार धामीमाथि मुद्दा चलाउने काम निन्दनिय भएको भन्दै पत्रकार संघ संगठनले भत्र्सना जाहेर गरेको छ ।
