उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

Published by:

Published on:

महेन्द्रनगर बैशाख २४ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि हालसम्म उपलब्ध प्रमाणका आधारमा नाथलाई निरन्तर हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको बताए।

गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको आरोप लगाउँदै उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी थिइन्। हरिकिसन राना २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार