महेन्द्रनगरका होटलहरुमा प्रहरीको छापा,५ जना पक्राउ

Published by:

Published on:

समाचार फलोअप ःमहेन्द्रनगर जेठ ५ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारमा रहेका केहि होटल,नास्ता पसल तथा गेष्टहाउसहरुमा प्रहरीले छापा मारेको छ ।

प्रहरीकै मिलेमतोमा अनैतिक यौन धन्दा फष्टाएको भन्दै ए के थ्री टिभिबाट सोमबार राति भिडियो सामाग्री सम्प्रेषण भएपछी कञ्चनपुर प्रहरीले मंगलबार दिउँसो ती होटलहरुमा छापा मारेको हो ।

छापा मार्न क्रममा महेन्द्रनगर बसपार्क आसपासको क्षेत्र अन्र्तगत विद्युत कार्यालय अगाडि,सिँचाई कार्यालय अगाडि रहेका कविता खाजा घर,खत्री नास्ता पसल,अछामी होटल र नास्ता पसल मात्र लेखिएको मदिरा पसलमा छापा मार्दा तिन जना युवक र दुई जना युवतिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीले बताएका छन् ।

पक्राउ परेका पाचै जनालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट अभद्र व्यावहार शीर्षककमा मुद्धा दर्ता गरी म्याद थपको अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार