महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले द्धन्द्ध पिडित तथा एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ।
पालिकाले द्धन्द्ध पिडित तथा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन पालिकाको दश वटै वडामा रहेका बिस जना द्धन्द्ध पिडित तथा एकल महिलाहरुलाई शुक्रबार पालिकामै उन्नत जातका बाख्रा वितरण गरेको हो ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोराले द्धन्द्ध पिडित तथा एकल महिलाको घाउमा मल्हम लगाउन नसके पनि नगरपालिकाको तर्फ बाट नासो स्वरुप आय–आर्जनमा टेवा पुग्ने हेतुले बाख्रा वितरण गरेको बताए ।नगर प्रमुख बोहराले भने वडामा रहेका द्धन्द्ध पिडित तथा एकल महिलाहरुलाई क्षतीपुर्ती नभर्ई सम्मान स्वरुप बाख्रा वितरण गरेको बताए । पिडित एकल महिलाले भनिन् नगरपालिकाले स्थानीय एकल महिला तथा द्धँन्द्ध पिडितहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न सिप मूलक तालिमको आयोजना गर्दै प्रतक्ष रोजगारसंग जोडिन पाउदा निकै खुसि व्यक्त गरिन् ।




