महेन्द्रनगर असार २३ । कञ्चनपुरमा मोटरसाकल दुर्घटना हँुदा एक जना गम्भीर घाइेते भएका छन्।
जिल्लाको भीमदत्त नगरपालिका ११ भाईरल रोडमा भारतीय uk6AH4472 नम्बरको मोटरसाइकल एक्कासी कुकुर संग ठोक्कीदा कुरको घटना स्थलमै मृत्यु भएको छ भने मोटसाइकल चालक भीमदत्त नगरपालिका १० बस्ने वर्ष ४७ का देबेन्द्र सार्की गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घाईते सार्की दोधारा चाँदनी नगरपालिका बाट घर फर्केने क्रममा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाईते भएको प्रहरीको भनाई रहेको छ । घाईते सार्कीलाई दुर्घटना लगतै ईलाका प्रहरी कार्यालय गड्डाचौकीका बाटे खटिएको टोलीले उपचारको लागि महाकाली प्रोदेशि अस्पताल पुर्याएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका सार्कीको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रेफर गरिएको छ ।प्रहरीका अनुसार घाईते सार्कीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई रहेको छ



