बझाङमा जिप दुर्घटना ३ जनाको मृत्यु १२ जना गम्भीर घाईते

Published by:

Published on:


महेन्द्रनगर । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको केदारस्यू गाउँपालिका ७ र दुर्गाथली गाउउपालिकाको सीमानामा सुङगुरे भन्ने ठाँउमा शनिबार दिउँसो ४ः३० बजे जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १२ जना गम्भीर घाईते भएको दुर्गाथली गाउपालिका वडा नम्बर ६ का स्थानीय धीर बहादुर जाग्रीले आभाष डटकमलाई बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक दिपक विष्टका अनुसार घटना स्थल प्रहरी चौकीको मातहत भन्दा निकै टाढा भएकोले जिल्ला प्रहरी र सो स्थानमा पाईपर्ने प्रहरी चौकीेबाट टोली घटना स्थलतर्फ गईसकेको र घटनाको थप जानकारी आउन बाकी रहेको बताए ।बझाङका युवा नेता प्रकाश जप्रेलका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका घाईतेको उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौ ल्याउने तयारीका साथ गृहमन्त्रालय संग कुरा भईरहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार