महाकालीमा तीन करोडमा निर्माण भएको शवदाह गृह संचालनमा आएन

Published by:

Published on:


कञ्चनपुर असार ३१ ।
कञ्चनपुरको भुजेला महाकाली तटिय क्षेत्रमा निर्माण भएको करोडौँको शवदाह गृह संचालनमा आएको छैन ।
भीमदत्त नगरपालिका ११ भुजेमा निर्माण भएको शवदाह गृह अझै संचालमा आउन सकेको छैन।

संघिय सघन शहरी विकास कार्यालय(शहरी विकास तथा भवन निर्माण विभाग सघन आयोजना कार्यन्वयन इकाई धनगढी कैलालीको हाराहारी ३ करोड लगानीमा निर्माण भएको उक्त भवन निर्माण भएको ५ वर्ष बितिसक्दा समेत संचालनमा आउन सकेको छैन ।

भीमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टको कार्यकाल आर्थीक वर्ष २०७४÷०७५ सालमा संघिय सघन शहरी विकास कार्यालय(शहरी विकास तथा भवन निर्माण विभाग सघन आयोजना कार्यन्वयन इकाई धनगढीकोे कुल २ करोड ८९ लाखमा शनिदेव निर्माण कम्पनीले शवदाह निर्माणको ठेक्का पाएको थियो।

शवदाह गृह निर्माणको ठेक्का पाएको शनिदेव निर्माण कम्पनीले २०७८ सालमा उक्त शवदाह गृह निर्माणको काम सम्पन्न गरि संघिय सघन शहरी विकास कार्यालय(शहरी विकास तथा भवन निर्माण विभाग सघन आयोजना कार्यन्वयन इकाई धनगढीलाई हस्तान्तरण गरेको संघिय सघन शहरी विकास कार्यालय(शहरी विकास तथा भवन निर्माण विभाग सघन आयोजना कार्यन्वयन इकाई धनगढी कार्यालय प्रमुख शेखर लामाले बताए ।

निर्माण कम्पनीले सघन आयोजना कैलालीलाई शवदाह हस्तान्तरण गरे लगतै सघन आयोजनाले भीमदत्त नगरपालिकालाई शवदाह गृह नगरपालिकाको स्वामित्वमा लिन पत्राचार गरेको प्रमुख लामाले बताए । तर भीमदत्त नगरपालिकाले भने शवदाह निर्मार् को काम जे उदेश्यका लागि निर्माण भएको हो त्यो ति संरचाना निर्माण बगेर नगरपालिकालाई हस्तान्तरण गर्ने खोजेको भन्दै नगरपालिकाले शवदाह गृहको पुर्ण जिम्मा तथा स्वामित्व लिन नखोजेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले बताए ।

‘सूचना अधिकारी धामीले भने’“संघिय सघन कार्यालय कैलालीले डिटेल प्रोजेक्ट रिपोर्ट,प्राविधिक विवरण डिजाई विनै शवदाह गृह निर्माण गर्यो,”शवदाह निर्माणको उदेश्य बर्षामा नागरिकहरुलाई शवदाह गृहमा शव जलाउन सहज होस् भन्ने उदेश्यका साथ सरकारी लगानीमा शवदाह गृह निर्माण गरेको हो।बर्षादमा महाकाली नदिमा शव जलाउन जाँदा नागरिकले निकै सास्ती झेल्नु परेको छ,” भारतीय पक्षले मनपरी ढङ्गले सारदा ब्यारेजको पानिको ढोका खोलिदिदाँ जल्दै गरेको शव पनि बगाएको छ ।

बर्खाको समयमा यी र यस्ता समस्याहरुबाट जोगिन र नागरिकको समस्यालाई सहज बनाउन शवदाह गृहको निर्माण गरेको हो,”“उनले थपे”“पुनःसो शवदाह गृहको डिपिआर नै रिभियु गरेर ठेक्का गर्नु पर्ने देखिन्छ,”शवदाह गृहमा शवहरुको सद््रत गरिसकेपछी बचेका कोइला,खरानी,ईत्यादीको ब्यावस्थापनको लागि पानिको अति आवश्यकता पर्छ खै पानिको ब्यावस्था ?“धामीले भने जे कुरा आर्यघाटमा अत्यावश्यक हुन्छ त्यो छैन।

पानि लगाएत थप संरचना पुर्ण रुपमा निर्माण भएपछी मात्र नगरपालिकाले शवदाह गृहको पुर्ण स्वामित्व तथा जिम्मा लिने र शवदाह गृह संचालनको लागि भीमदत्त नगरपालिकाले कार्यविधि समेत बनाई शवदाह संचालनमा ल्याउने बताए,”।

संघिय सघन शहरी विकास कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख शेखर लामाका अनुसार विगतमा अधुरा र अपुरा रहेका भवन तथा संरचना पुर्ण गर्ने सरकारले आर्थीक वर्ष २०८३÷०८४ का लागि कुल ३ करोड रुपैया विनियोजन गरेको बताए।“उनले भने ” “सरकारले गत विगतमा बजेटको अभावमा अधुरा रहेका भवन पुर्ण गर्ने सरकारले ३ करोड बजेट विनियनेजन गरेको छ, कञ्चनपरको भीमदत्त नगरपालिका ११महाकाली भुजेलामा निर्माण भएको शवदाह निर्माणको काम पनि अधुरो रहेको भन्दै भीमदत्त नगरपालिकाले पालिकाको स्वामितवा जिम्मा लिन मानेको छैन,। ‘हाम्रो कार्यालयको उदेश्य पनि शवदाह गृहको अधुरो संरचना तथा पानि लगाएत ब्यावस्थापन गरी शवदाह गृहलाई संचालनमा ल्याउने हो,।“प्रमुख लामाले भने”‘लगतै भीमदत्त नगरपालिका संग समन्वय तथा सम्वाद र सहकार्य गरी शवदाह गृह निर्माणको बाँकी कामलाईगगति दिने छौँ,। शवगृह संचालनमा नआएपछि यहाँका नागरिकलाई पार्थिव शरिर सथगत गर्न समस्या भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार