महेन्द्रनगर असार ३२ । कञ्चनपुरमा श्रीमानको कुटपिटबाट गम्भीर घाईते पारु सुनारको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका १० फकिरे टोल बस्ने बर्ष ५० का रणबहादुर सुनारको कुटपिटबाट गम्भीर घाईते ४५ बर्षीय पारु सुनारको बिहिबार बिहान घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पहरी प्रवक्ता टेक बहादुर रावतले बताए।
प्रवक्ता रावतका अनुसार यहि असार ३० गते राती घरायसी विबादका कारण आरोपित सुनारले मृतक पारु सुनारलाई गम्भीर घाईते हुने गरी कुटपिट गरेका थिए।‘प्रहरी प्रवक्ता रावतले भने’“श्रीमानको कुटपिटबाट गम्भीर घाईते भएकी पारु सुनारलाई उपचारको लागि बुधबार दोधारा चाँदनी अस्पताल लगिएको थिया,े”‘प्रहरी प्रवक्ता रावतले अगाडी भने’“उपचारको लागि दोधारा अस्पताल सम्भव नदेखिएपछी घाईते सुनारलाई चिकित्सकले थप उपचारको लागि भारत लैजान सल्लाह दिएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ,” थप उपचारको लागि बिहिबार भारत लैजाने तयारी रहेकी पारु सुनारको बिहिबार घरमै मृत्यु भएको र आरोपीत रण बहादुर सुनारलाई अनुसनधानको लागि नियन्त्रमा लिएको प्रहरी प्रवक्ता रावतले बताए,।



