न्याय निरुपण, फैसला कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कञ्चनपुरा कर्मचारी र प्रहरीलाई सम्मान

Published by:

Published on:


महेन्द्रनगर १ साउन । कञ्चनपुर जिल्ला अदालतले न्याय निरुपण, फैसला कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अदालतका कर्मचारीदेखि प्रहरी अधिकृत प्रहरीलाई सम्मान गरिएको छ । शुक्रबार जिल्ला अदालत कञ्चनपुरमा आयोजित एक कार्यक्रमका माझ न्याय निरूपण र फैसला कार्यान्वयनमा उकृष्ट भुमिका निर्वाह गर्ने अदालतका कर्मचारी र प्रहरीलाई सम्मानित गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले उत्कृष्ट कार्य सम्पादन गर्ने नासु रुद्र प्रशाद बोगटी, अधिकृत लक्ष्मण चपाई र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरी, डिएसपी टेक बहादुर रावत, मुद्दाफाँट इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र सिह थापा, प्रहरी नायब निरीक्षक भान बहादुर चन्द, जिल्ला अदालतमै कार्यरत प्रहरी बरिष्ठ हवल्दार जमन सिह भाट, प्रहरी सहायक हबल्दार नरेन्द्र बहादुर रानालाई सम्मान गरिएको छ ।

अदालतका कर्मचारीलाई नगद जनही ५ हजार र प्रहरी अधिकृत कर्मचारीलाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।न्यायाधीयद्वय राजेन्द्र सिह भण्डारी र सुर्य प्रशाद भण्डारीले प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्य सम्पादनमा उत्साह थप्नका लागि कर्मचारीदेखि प्रहरीलाई सम्मान गरिएको अदालतले जनाएको छ

ताजा समाचार

सम्बन्धित समाचार