महेन्द्रगर २०८३ साउन ३ । महाकाली पुल आयोजना कञ्चनपुरको सक्रियतामा महाकाली तटबन्ध निर्माणको काम सम्पन्न भएको छ । सरकाले २०८३ बैशाख ३१ गते निर्णय गरेर जेठ १ गते निर्माण कम्पनी कुमार सीएफईसी जेभी संगको ठेक्का रद्ध गरेको थियो ।
बाढिजन्य विपद् नजिकन मात्र एक महिना बाकी रहेको परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयले असारको पहिलो साता बाट महाकाली तटबन्ध निर्माको काम सुरु गरेको थियो । कार्यालयले बाढि जन्य विपद् तथा मौसम जन्य विपद्बाट महाकाली तटिय क्षेत्रका मानव बस्ती जोगाउन र अरबौँको महाकाली चारलेन पुल जोगाउन अमानतमा आन्तरिक स्रोत साधन परिचालन गर्दै महाकाली तटबन्धको काम थप बलियो र प्रभावकारी बनाएको हो ।
२०८० भदौ तेस्रो साता महाकाली नदिमा पानिको बहाव बढेर ४ लाख ६१ हजार क्ुसेक पुगेपछि महाकाली चारलेन पुलको उत्तर तर्फ निर्मित ३ सय मिटर गाइडबन्डमा पुर्ण रुपमा क्षति गरेको थियो । तटबन्ध भत्किएर नदिको पानि पुलसंगै पर्यटकीय प्रोजनको लागि निर्माण गरेको पोखरी र नजिकैको मानव बस्ती तर्फ सोझिएको थियो। २०७४ भदौ ७ गते कुमार सीएफइसी जेभि नामक सयेक्त निर्माण कम्पनी संग कुल ३ अर्ब २७ करोड को लागतमा ३ वर्ष २०७७ सालमा पुल,पहुच मार्गर तटबन्ध(पोखरी निर्माण सम्पन्न हसने गरी समझौता भएको थियो ।
सो निर्माण कम्पनीले महाकाली नदिले पटक–पटक तटबन्ध बगाएपछि र डिजाइन विवाद र भुक्तानीको समस्या देखाउदै ठेकेदार कम्पनीले लामो समय काम छाडेर अलपत्र पारेको थियो । नेपाल सरकार सडक विभागले गत आर्थीक वर्ष २०८३ जेठ १गते ठेक्का समझौता पुर्ण रुपमा रद्ध गरेको थियो ।निर्माण कम्पनीले निर्माणको काम अलपत्र पारेपछि र अरबौँको पुल र बस्ती जोखिममा परेपछी सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी त्यस लगतै जोखिम न्यनीकरण र नदिको धार सोझउन २९ करोडको बजेट व्यावस्थापन गरी नेपाली सेनालाई कामको जिम्मा दिएको थियो।
सेनाले काम गरिरहेकै र डिजाइन विवाद अदालत(नेपाल मध्यस्थता परिषद्)मा विचाराधिन रहेकै अवस्थामाल सडक विभागले २०८३ बैशाख ३१ गते निर्णय गरेर जेठ १ गते निर्माण कम्पनी कुमार सीएफईसी जेभी संगको ठेक्का एकतर्फी रुपमा रद्ध गरेको हो ।महाकाली पुल आयोजनाका कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले बाढि बगाएको गाइडबण्ड ड्याम क्षेत्रमा थप क्षति हुन नदिन बिभागले आफ्नै स्रोत साधन तथा उपकरण प्रयोग ३१ मिटर लामो र २ मिटर चौडा तटबन्ध (लाउन्चिङ एप्रोन)बनाउने काम गरेको,गाइडबण्डको नजिकै बनेको ५० फिट गहिरो खाडल(खोच)मा गेगर र ढङ्गा भरेर महाकाली नदिको तिब्र बहावलाई किनारबाट बिच भागतिर चाइनलाइज गर्ने काम गरेको बताए ।‘अहिले यो बर्खामा महाकाली नदिले नब्बे देखि– सय प्रतिशत तटबन्धमा कुनै क्षति गर्ने नसक्ने प्रमुख यादवले बताए,।‘उनका अनुसार तटबन्ध निर्माणको कामलाई प्रभावकारी बनाउन नेपाली सेनाको समेत सहयोग रहेको र महाकालीको बाढिले ल्याउने आपतकालीन अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना र बिभागका स्रोत साधन समेत तयारी अवस्थामा रहेको यादवको भनाई रहेको छ, ।





