महेन्द्रनगर २०८३ साउन १२ । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा भएको छ । २०७५ साउन ९ गते घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी निर्मलाको भोलीपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो ।
निर्मला हत्याकाण्ड भएको आजसम्म ८ बर्ष अर्थात ९६ महिनाका २ हजार ९सय २० दिन पूरा हुँदा समेत प्रहरीले वास्तविक बलात्कारी हत्यारा पत्ता लगाउन सकेको छैन । न्यायको पर्खामा रहेको निर्मलाको परिवारमा निराशा बाहेक केही फेरिएको छैन ।
यसबीच ५ प्रधानमन्त्री, ४ मुख्यमन्त्री, ७ गृहमन्त्री, ८ आईजिपी, १२ डिआईजी, ११÷११ सिडियो, एसपी परिर्वतन हुँदा पनि मुख्य अभियुक्त अहिलेसम्म पहिचानको पत्ता लगाउन सकेका छैनन ।
उतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोबाट आएका तत्तकालिन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत्तकालिन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गरिएको थियो । उतिबेलाको प्रहरीले किटानका साथ निर्मलाका हत्यारा दिलिप नै हुन भनेर ४ भदौँ ०७५सालमा सार्वजनिक नै ग¥यो ।
दिलिप विष्ट हत्यामा हुनै सक्दैन भनेर केही अधिकारकर्मी सहित उतिबेला काँग्रेस नेता कार्यकर्ताहरुले महेन्द्रनगर बजारमा आन्दोलन चर्काए । तर, आन्दोलनले मात्रै होईन त्यसपछिका ८ बर्षसम्म न नयाँ व्यक्तिको पहिचान भयो, न उनै व्यक्ति नै हुन हत्यारा भनेर पछिल्ला प्रहरीदेखि सरकारले किटान ग¥यो । बरु निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए, भने दर्जनौँ स्थानीयले हातखुट्टा ग्ुमाए घाईते भएका थिए ।
गृह मन्त्रालयको तथ्याङ्क अनुुसार यस विचमा निर्मला हत्याकाण्डदेखि हालसम्म सात गृहमन्त्री परिर्वतन भए निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री राम बहादुर थापा९बादल०, त्यसपछि क्रमस बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, ओम प्रकास आर्याल र हशाल सुदन गुरुङ्क रहेका छन ।
निर्मलाको न्यायका लागि भन्दै आफै आन्दोलनमा सहभागी भएका लेखककै गृह नगरकी निर्मला पन्तले न्याय पाउने स्थानीयले अपेक्षा राखेका थिए ।
निर्मला हत्याकाण्ड हुँदा उतिबेला तत्त्कालिन नेपाल प्रहरीका प्रमुख ९प्रहरी महानिरीक्षक० सर्वेन्द्र खनाल थिए, त्यसपछि ठाकुर प्रशाद ज्ञवाली, शैलेश थापा९क्षेत्री०, धिरज प्रताप सिह, बसन्त बहादुर कुँवर, दिपक थापा चन्द्र कुबेर खापुङ्ग, हाल दान बहादुर कार्की छन ।
सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार निर्मला हत्याकाण्ड हुँदा तत्तकालिन सुप प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक९डिआईजी० सुरज केसी थिए । त्यसपछि क्रमस डिआईजीहरु तारणी प्रशाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कडेल, मोहन कुमार आचार्य, अशोक सिह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरत बहादुर बोहरा, रविन्द्र केसी, गणेश चन्द, डम्बर विश्वकर्मा, ओम बहादुर राना, हाल सानुराम भट्टराई रहेका छन् ।
निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी९सिडियो० कुमार खडका त्यसपछि क्रमस तारानाथ अधिकारी, नि शंकर बहादुर विष्ट, शुशिल बैद्य, नूरहरि खतिवडा, राम कुमार महतो, राम प्रशाद पाण्डे, गोपाल प्रसाद अर्याल, गोपाल कुमार अधिकारी, नारायण प्रशाद सापकोटा, लक्षण ढकाल हाल मदन कोईराला छन ।
प्रमुखमा तत्तकालिन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमस तत्तकालिन एसपीहरु कुँवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमा प्रशाद चर्तुर्वेदी, श्याम सिह चौधरी, कमल थापा, चक्रराज जोशी, खडक बहादुर खत्री हाल जिल्लाका प्रहरी प्रमुख ९एसपी० नेत्रमणी गिरीले कमाण्ड सम्हालेका छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले निर्मला हत्याकाण्डलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताए । एसपी गिरीले विभागले यसलाई पहिलो नम्बरमै राखेर अनुसन्धान अघि बढाएको बताए ।
नबिनका लागि यस विचमा दर्जनौँ अनुसन्धान टिम गठन गरिएका छन । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले ७ भदौँ ०७५ मा कञ्चनपुरका तत्तकालिन प्रमुख जिल्ला अधिकारी कुमार खडका, एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञान बहादुर सेठीको सरुवा, गर्दै सह–सचिव हरि प्रशाद मैनालीको नेतृत्वमा उच्च स्तरिय छानबिन समिति गठन गरेको थियो । त्यसपछि तत्तकालिन गृहमन्त्री रवि लामिछानेले डिआईजी दुर्गा सिहको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा पनि अर्को समिति गठन गरियो । त्यसपछि एआईजी धीरु बस्न्यातको नेतृत्वको समिति बनाइयो । मैनाली र बस्न्यातको समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाही सिफारिस गर्नु बाहेक घटनाबारे यथार्थ पत्ता लगाउन सकेन । डीएनए विज्ञ जीवन रिजालको संयोजकत्वमा समिति बनाईयो ।
यो समितिले भने डीएनएलाई मात्रै आधार नमान्न र अनुसन्धानको दायरा फराकिलो गर्न सुझाव दिएको थियो । डीएनए बाहेक अन्य प्रमाणबाट कसुर पुष्टि हुने अवस्था देखिएमा प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउने बाटो रिजालको समितिले खोलिदिएको थियो ।
तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन भयो । डीआईजी केसी नेतृत्वको समितिले एआईजी बस्न्यातको नेतृत्वको समितिले बनाएको प्रतिवेदन खारेज गरिदियो । हालै एसएसपी कृष्ण पंगेनी नेतृत्वमा छानबिन समिति गठन गरेर अघि बढाएको छ ।
निर्मला हत्याकाण्ड भएपछि भीमदत्त नगरपालिका स्थानीय सरकार, सुप प्रदेश सरकार र संघीय सरकारले क्रमस ३, ५ र १० लाख रुपैया पन्त परिवारलाई राहत दिएको थियो । घटनाको अनुसन्धानका लागि हालसम्म झण्डै ३३लाख बढी खर्च भएको अधिकारीले बताएका छन । ६ समिति गठन हुँदा समेत उपलब्धी शुन्य भएको छ ।
कञ्चनपुरकी महिला अधिकारकर्मी एव उतिबेला निर्मलाको न्यायका लागि शसक्त आन्दोलनमा होमिएकी शारदा चन्दले ८ बर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुखःद भएको बताईन । उनले रमेश लेखक लक्षित गरेर जिल्लाकै गृहमन्त्री हुँदा पनि न्याय नपाएकी निर्मलाले अब बाह्य जिल्लाका गृहमन्त्रीबाट आशा गर्न नसकिने दुखेसो पोखिन ।
अधिकारकर्मी चन्दले केही व्यक्ति पाटीले निर्मलाको लाशमाथि राजनीतिक गरेको र आफुले भने छोरीको न्यायका लागि लडेको र शास रहन्जेलसम्म न्यायका लागि लडिरहने बताईन । अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताईन । ‘घटना भएको ८÷८ बर्ष पुरा भयो, उनलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्नु हुदैन, गृह नगरले पनि गृहमन्त्री पाएको थियो, उहाँबाट न्यायको अपेक्षा थियो, तर केही उपलब्धि भएन ।’
निर्मलाको बलात्कार पछि हत्या भएको सबैलाई सर्ववितितै रहेको बताउँदै उनले न्यायका लागि ठुलो आन्दोलन उठेपनि अहिलेसम्म हत्याराले छुट पाएको अब विलम्ब गर्न नहुने उनको भनाई छ ।
कञ्चनपुरकी महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको ८ बर्ष पुरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताईन । उनले अब गृह नगरले नै गृहमन्त्री पाएको अवस्थामा निर्मलाका हत्यारा पत्ता लाग्ने अपेक्षा राखिन ।
‘आजसम्म हत्यारा पत्ता लागेन, अब त निर्मलाको गृहनगरमै नै गृहमन्त्री पाएको छ, अब लाग्ने हामीलाई आशा छ ।’ निर्मलाई न्याय दिनलाउन समेत गृहमन्त्रीले गम्भिर हुनुपर्ने उनको सुझाव छ ।
निर्मला हत्याकाण्डका दोषि सार्वजनिकको माग अघि सारेर संघर्ष गर्दै आएको दवावमुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले हत्यारा सरकारलाई थाहा हुँदाहुँदै पनि सार्वजनिक नगरेको बताईन ।
‘यतिका ८÷८बर्ष भईसक्यो अहिलेसम्म हत्यारा सार्वजनिक गरेको छैन, गरेको पनि विवादित भयो, ‘उनले भने, ‘अहिलेसम्म गृहमन्त्रीको नेतृत्व बाह्यी जिल्लाका नेताले गरेका थिए, अब त निर्मलाकै गृह नगरका नेता रमेश लेखकले गरेका छन, उतिबेला रमेश लेखक सहित उनको पाटीले आन्दोलनमा साथ सर्मथन एव आन्दोलन गरेका थिए, अब उनी नै मुल नेतृत्वमा पुगेका छन, अब निर्मलाले न्याय पाउने हामीलाई आशा पलाएको छ ।’ अहिले निर्मलाले न्याय नपाए कहिल्यै नपाउने संघर्ष समितिकी संयोजक श्रेष्ठको भनाई छ ।
निर्मलाको न्यायका लागि भन्दै आन्दोलनम होमिएका घाईते सुरेन्द्र देउवाले आफुले अहिलेसम्म राहत नपाएको दुखेसो पोखे । ‘हामी निर्मलाको न्यायका लागि आन्दोलनमा होमिए, म पनि त्यही आन्दोलनको घाईते हुँ, तर सरकारले मलाई हेरेन, यसविचमा थुप्रै गृहमन्त्री फेरीए अहिले त गृहनगरकै गृहमन्त्री हुनुहुन्छ, अब निर्मलाले न्याय पाउने घाईतेले उपचार पाउने आशा लिएको छु ।’
देउवाले अहिलेसम्म गृह मन्त्रालयको नेतृत्व अन्य व्यक्तिले लिदा निर्मलाको विषयमा गम्भिर नभएको र अहिलेका गृहमन्त्री रमेश लेखकले निर्मलाको विषयमा बुझेको आफ्नै गृहनगरकी छोरीको न्यायका लागि सत प्रतिशत खटिएर लाग्ने आफुलाई विश्वास भएको बताए । ‘यस अघि गृहमन्त्री भएका नेताबाट हामीले आस पनि गरेका थिएनौँ, ‘उनले भने, ‘अहिले त निर्मलाकै गृहनगरका रमेश लेखक ज्यू गृहमन्त्री भएका छन, अब हामीलाई निर्मलाका बलात्कारी हत्यारा पक्राउ पर्ने विश्वास छ ।’
नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले ८ बर्षवितिसक्दा पनि निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक नहुनु दुखत विषय भएको बताईन । उनले पनि गृह नगरकै गृहमन्त्री रमेश लेखक हुँदा पनि न्याय नपाएको बताउँदै अरुबाट आशा मरेको बताईन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएपी टेक बहादुर रावतले निर्मलाको हत्याकाण्डको अनुसन्धान निरन्तर भईरहेको बताए ।
प्रवक्ता रावतका अनुसार प्रहरीले हजारौँ मानिससंग सोधपुछ गरेको छ । भने हालसम्म ६५६ बढी व्यक्तिमाथि अनुसन्धान भएको छ । ‘५९ जनासंग कागज गराएर अनुसन्धान गरेका छौँ, ‘उनले भने, केहीमाथि अहिले अनुसन्धान जारी छ ।’
१६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको थियो । ‘अहिले पनि सिआईबी र जिल्ला प्रहरीको टोलीले निरन्तर अनुसन्धान अघि बढाएकै छ, ‘उनले भने, ‘तार्किक निष्र्कषमा नपुगुन्जेलसम्म अनुसन्धान जारी रहन्छ ।’ छोरी निर्मलाको बलात्कारपछि हत्या भएको आज ८ बर्षपनि पुरा भईसक्यो, सरकारले हत्यारा अझै पत्ता लगाउन सकेको छैन ।
उतिबेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउथे, आजभोली कोही आउँदैनन, पनि सोध्दापनि सोध्दैनन । मैले त न्याय पाउने आसै मारिसकेको छु । विगतमा यो ठाँउबाट रमेश लेखक गृहमन्त्री रमेश लेखक पनि भएपसनि उनबाट समेत न्याय मिलेन ।
‘तत्तकालिन गृहमन्त्री रमेश लेखकले चाहेको भए छोरीका हत्यारा पत्ता लागिसक्थे, ‘उनले भनिन, ‘अहिलेसम्म न्याय पाएको छैन, पीडित परिवारमा पीडा थपिएको थप्यै छ । ‘उतिबेला न्यायका लागि साथ दिएका काँग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए, उनीबाट आश थियो, तर छोरीका लागि केही गरेनन्, सत्ता बाहिर हुँदा न्यायका कुरा सत्तामा जाँदा सबै उस्तै रहेछन, अब त आशै मरिसक्यो ।’
यो साउन महिना लागेपछि मलाई निर्मलाको यादले झन पीडा थपिन्छ, साउन महिना कहिले जाला हुन्छ । निर्मलाका आमा दुर्गादेवीबाट तीन छोरी मध्ये निर्मला माईली, जेठीको एक बर्ष अघि विवाह भयो, कान्छी छोरी मात्रै छिन । निर्मलाका बाबु यज्ञराज पन्तले दोस्रो विवाह गरेपछि उनी कान्छी श्रीमतीसंगै भीमदत्त १भाँसी बस्दै आएका छन । निर्मलाकी आमा भीनपा २उल्टाखाम बस्दै आएकी छिन ।
निर्मलाकी आमा दुर्गा अहिले भीमदत्त नगरपालिका २वडा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै गुजारा चलाउँदै आएकी छिन । समाजिक अभियन्ता सुजित श्रेष्ठले बलात्कारपछि हत्या गरिएकी निर्मलाको नाममा पार्क बनाउने योजना अलपत्र परेको भन्दै निर्माणमा जोडदेखि हत्यारा अब जेनजी आन्दोलनको जगमा बनेको सरकारले सार्वजनिक गर्नुपर्ने बताए । उनले निर्मलाको स्मृतिमा दिप प्रज्वलन गरिएको बताए ।



